Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पहिचान सहितको संघिय संबिधान बनाउन माग

ल्होसारको शुभकामना आदान प्रदान
बुटवल, १३ पुस–   नेपालको वहुसंख्यक उत्पीडित जाति, समुदायको पहिचान र हक अधिकार सुनिश्चतताका लागी अब बन्ने नयां संबिधान पहिचान सहितको संघिय संबिधान बन्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
स्वायत्तता सहितको संघीय राज्य निर्माण भएमात्र सबै जातजाती, लिगं र समुदायको बिभेद अन्त्य हुने उनिहरुको भनाई छ । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपाल अवध मधेश राज्य समिति द्धारा तमु जातीहरुको महान् पर्व २५९७ औं ल्होसारको अवसरमा आज करहियाको भलवारीमा आयोजित शुभकामना आदानप्रदान तथा पहिचान सहितको संघिय संबिधान बिषयक अन्र्तक्रियामा बोल्ने बक्ताहरुले जातीय, बर्गीय र लीगंींय बिभेदको अन्त्यका लागी पहिचान सहितको संघियता, संघियता सहतिको संबिधान निर्माण हुनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै मोर्चाका केन्द्रिय उपाध्यक्ष जित बहादुर तमुले सामाजिक रुपान्तरणका लागी बर्गिय, जातिय, लिगींय बिभेदका बिरुद्ध सर्घष गर्दै आएका तमु लगायत वहुसंख्यक उत्पीडीत बर्ग, जाती, लिगं र समुदायको पक्षमा संबिधान बनाउनु सभासदहरुलार्य दवाव दिनु पर्ने बताए ।
मोर्चाका संयोजक धन बहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा एमाओवादीका केन्द्रीय सल्लाहकार बिनोद उपाध्याय, मोर्चाका केन्द्रीय सचिव जि.एस. गुरुङ , नेपाल आदीवासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी, मोर्चाका खेमानसिंह गुरुङ  लगायतले तमु लगायत आदिवासी जनजाती, उत्पीडित जाति र समुदायको हक अधिकार सम्बोधन हुने गरि नयां संबिधान जारी हुनुपर्नेमा जोड दिएका थिए ।

0 comments

तपाईंको प्रतिकृया