आलम हत्याका योजनाकार कुसवाहसहित तीन जनालाई थुनामा राख्न आदेश
बारा १६ मंसिर। जिल्ला अदालत बाराले एमाले नेता मोहम्मद आलम हत्याको आरोपमा पक्राउ परेका पूर्व सभासद रामचन्द्र प्यासी कुसवाहसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
आलमको संविधानसभा निर्वाचनमा बारा ४ मा उम्मेदवारी दिएको भोलिपल्ट आसोज १८ गते हत्या भएको थियो । प्रहरीले एमालेका नेता समेत रहेका पुर्व सभासद प्यासी घटनाको मुख्य योजनाकार भएको बताएको छ । न्यायाधीश तेपेन्द्रप्रसाद शर्माको इजलासले प्यासीसँगै भारत घर भई वीरगन्ज ४ मा बस्दै आएका सिभिल इन्जिनियर अतिक खान र भारत रक्सौल ४ घर भएका भारतीय पत्रकार राजु श्रीवास्तव बर्मालाई थुनामा राख्न आदेश दिएको हो ।
तत्काल उपलब्ध प्रमाणका आधारमा तीनै जना आलमको हत्याको घटनामा संलग्न देखिएकाले साधारण तारिखमा छोडन नमिल्ने आदेश भएको श्रेस्तेदार रोशन कुमार भटटराइले बताउनुभयो ।बिहीबारबाट सुरु भएको सुनुवाईका क्रममा प्यासीका वकिलहरुले घटनामा उनको संलग्नता नरहेको भन्दै साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।
अदालतको आदेश पछि अब प्याशी सहित तीनै जनालाइ वीरगन्ज कारागारमा चलान गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनापछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले प्यासीसहित ३ जनालाई पक्राउ गरेको थियो ।

0 comments
तपाईंको प्रतिकृया