Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
महिला मैत्री संविधान बनाउने सभासद्को प्रतिवद्धता

बुटवल ५ पुस । रुपन्देहीवाट निर्वाचित भएका सभासद्हरुले महिला हिंसा न्युनीकरणका लागि महिला मैत्री संविधान वनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । महिला भएकै कारण विभेदमा पर्ने सामाजिक मान्यता र कानुनी आधार अन्त्य गर्न पनि आफूहरु लागि पर्ने उनींहरुले बताए । संचारिका समूह लुम्बिनी तथा लैंगिक हिंसा निवारण कोष रुपन्देही र जिल्ला विकास समिति रुपन्देहीले शुक्रवार बुटवलमा आयोजना गरेको सभासदहरुको स्वागत सम्मान तथा महिला विरुद्ध हुने हिंसा न्युनिकरणकालागि महिला मैत्री संविधान निर्माण विषयक अन्तरक्रियामा सहभागी सभासदहरुले यस्तो बताएका हुन् । एमालेका तर्फबाट रुपन्देही ४ का सभासद विष्णु पौडेलले लिंगका आधारमा हुने विभेदले समाजमा कलंकको दाग लगाएको बताउदै यसको अन्त्यका लागि महिला मैत्री संविधान निर्माण र महिला हिंसा विरुद्धको अभियानमा प्रतिवद्ध भएर लाग्ने बताए । ‘पुरुषले पनि महिलाका पक्षमा काम गर्न सक्छन् यसो गरेमा मात्रै लैंगिक मैत्री समाज बन्छ । तमलोपाका तर्फबाट रुपन्देही ७ का सभासद कमलेश्वर पुरी गोश्वामीले अन्धविश्वास, अशिक्षा, र चेतनाको अभावका कारण समाजमा महिला हिंसा मौलाएको बताए । यसको अन्त्यकालागि हिंसा विरुद्धका हरेक आन्दोलनमा आफूले सहयोग र साथ दिने उनले बताए । कार्यक्र्रममा प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले रुपन्देहीमा लैगिक हिंसाको अवस्था र न्युनिकरणका प्रयासहरु तथा अधिवक्ता शिव गौडेलले महिला विरुद्ध हुने हिंसा न्युनिकरण र महिला मैत्री संविधान निर्माणमा सभासद सहित सरोकारवालाहरुको भुमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि सरकारी न्याधिवक्ता मोहनसागर बस्याल र अधिकारकर्मी ईन्दिरा आचार्यले टिप्पणी गरेका थिए । संचारिका समूहका अध्यक्ष अमृता अनमोलले संविधानले नसमेटेसम्म महिला हिंसा विरुद्धका घटना कम गर्न र विभेद घटाउन नसकिने भएकाले स्थानीय मुद्धा संविधानसम्म पुर्याउन कार्यक्रम आयोजना गरेको वताईन । कार्यक्रममा उपस्थित हुन असमर्थ सभासदमध्ये नेपाली काग्रेसबाट रुपन्देही ३ का सभासद बालकृष्ण खाण, ५ का सभासद भरतकुमार शाह र ६ का सर्वेन्द्रनाथ शुक्लाको तर्फबाट पठाइएको शुभकामना तथा प्रतिवद्धता पत्र वाचन गरिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया