‘कानुन कार्यान्वय नहुदा महिला हिंसामा वृद्धि’
बुटवल,२७ मंसिर । महिला तथा बालबालिका माथि हुने हिंसाजन्य घट्ना बढ्नुमा कानुनको कार्यान्यनको अभाव भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले हिंसा जन्य घट्नाका दोषीलाई कारवाही गर्ने कानुनको व्यवस्था भए पनि अदालतको ढिलासुस्ती र कानुन लागू हुन नसक्दा त्यस्ता घट्ना बढ्दै गएको बताएका हुन । महिला मानव अधिकार रक्षक सञ्जाल रुपन्देही र महिला मानव अधिकार रक्षक अभियान पश्चिमाञ्चलले बिहीबार बुटवलमा गरेको ‘द्धन्द्धकालदेखि हालसम्म महिला र बालबालिका माथि यौन शोषण, बलत्कारको अवस्था र न्यायको पहु“च’ विषयक अञ्चलस्तिरीय गोष्ठीमा सहभागीहरुले यस्तो धारणा राखेका हुन । पछिल्लो समयमा बलत्कार र हिंसाजन्य घट्नाका उजुरी परे पनि त्यस्ता घटना नियन्त्रण गरी कमीआउनुको सट्टा झन बढदै गएको बताए । जबाफदेही निगरानी समिति बुटवलका अध्यक्ष महेन्द्र पाण्डेले बलियो कानुनी प्रावधानको अभावमा पीडितले न्याय पाउन नसकेको बताए । उनले महिला हिंसा बढ्नुमा अर्थिक पक्षले पनि प्रभाव पार्ने भन्दै महिलाहरुको आर्थिक अवस्था सृद्धिढ पानुपर्नेमा जोड दिए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय रुपन्देहीकी प्रमुख उषा रावलले समाजमा महिलामैत्री कानुन, अदालत र वकिलको अभावले गर्दा पीडित पक्षले आफ्नो समस्या बाहिर ल्याउन नसकेको बताइन् । लेखक ऋषि आजाद, महिला अधिकारकर्मी रीमा बिसी,अर्घाखाचीकी जानकी बञ्जाडे, पाल्पाकी गीता शर्मा, कपिलवस्तुकी पुष्पा रेग्मी,स्याङजाकी देवी थापा लगायतले बोल्दै हिंसा जन्य घटना निराकरण गर्न राज्यको पहल र अदालतले विशेष भूमिका खेल्नुपर्ने बताएका थिए । महिला मानव अधिकार रक्षक अभियान पश्चिमाञ्चलकी संयोजक इन्दिरा आचार्यको अध्यक्षतामा भएको कार्यक्रमा सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोल र अधिवक्ता हेमा न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा महिला अधिकार सम्बन्धी उल्लेख्य कार्य गरेको भन्दै दलित महिला संघ जिल्ला अध्यक्ष मनु खड्कालाई सम्मान गरिएको थियो ।

0 comments
तपाईंको प्रतिकृया