मेलामा हात्ती सफारी
दिनप्रतिदिन मेलामा दर्शकको घुंईचो
सुपरखवर संवाददाता
बुटवल ११ पुस
वुटवलमा जारी औद्योगिक व्यापार तथा कृषि मेलामा अवलोकन गर्दा आउने दर्शकको घुंईचो लाग्न थालेको छ । मंगलवार देखी शुरु भई वुधवार औपचारिक उद्घाटन गरिएको मेलामा दिन प्रतिदिन दर्शकको घुइचो लाग्न थालेको आयोजकले जनाएका छन ।
मेला अवलोकन गर्न आउने दर्शकले हात्ती सफारी गर्न पाउने भएका छन ।
मेलालाई बिगतको भन्दा पृथक र फलदायी बनाउन हात्ति सफारी, हर्ट एयर बेलुन र टुर प्याकेज भ्रमणका कार्यक्रमहरु बिहिबार आजदेखि सुरु भएका छन । बुटवल उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघको संयुक्तरुपमा आयोजनामा भएको मेलामा मेला परिसर बुटवलमण्डप नजिकै दक्षिण तर्फको जंगलमा हात्ति सफारीको व्यवस्था गरिएको छ ।
हात्ती सफारीको विहिवार बिहान संघका अध्यक्ष तथा मेलाका संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठ र संघका बरिष्ठ उपाध्यक्ष तथा सहसंयोजक महेशमान सिंहले शुभारम्भ गरे ।
हात्ती सफारी प्रति दर्शकको आर्कषण वढेको संघका कार्यसमिति सदस्य तथा पर्यटन समितिका संयोजक सुनिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सामान्यतया २० मिनेटको यात्रा तय गरीएको हात्ति सफारीका लागि ३ सय रुपैया प्रतिब्यक्ति तिर्नुपर्ने छ ।
पर्यटन प्रबद्र्धन कै लागि आयोजना गरीएको एकिकृत पर्यटन भ्रमणमा लुम्बिनी र पाल्पा भैवस्थानमा २ समुहलेसहभागिता जनाएका छन । मेलास्थलबाटै हरेक दिन लुम्बिनी र पाल्पाको पर्यटकीय क्षेत्र भ्रमणका लागि एकिकृत भ्रमण योजना बनाइएको छ ।
मेलामा बिबिध सास्कृतिक कार्यक्रम र प्रतियोगिता पनि सुरु भएका छन । राष्टिय लोक दोहोरी गित प्रतियोगिता पनि सुरु भएको छ । आज पहिलोदिनको प्रतियोगितामा राष्टिय लोक दोहोरी गीत प्रतिष्ठान अर्धाखांची र हिमचुली दोहोरी साझ बुटवल बिजयी भएका छन ।
त्यस्तै राष्टिय कलाकारहरु चन्द्र शर्मा, पुरुषोत्तम न्यौपाने, पार्बती जीसी, अमर बिरही गुरुगं, हेमन्त शर्मा लगायतले चिसो मौसमलाई तताएका थिए ।
मेला तथा महोत्सवका अवसरमा नयाँ प्रतिभाको चयन गर्ने उद्धेश्यले आयोजना गरीएकोप्रतियोगितामा छनौटमा परेका थप ५ जना पनि दोश्रो चरणको प्रतिष्पर्धाबाट बाहिरीएपछी बाकी १० जनाबीच मेलामा सहभागि दर्शक र प्रतिभाहरुको कला अनुसार बीज्ञहरुबाट प्राप्त हुने नम्वरका आधारमा उत्कृष्ठ छनौट गरीनेसंघका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक रितेश सिलवालले जानकारी दिए । उत्कृष्ठ एक जनालाई भ्याईस अफ बुटवलको उपाधि सहित रु। ५० हजार नगद पुरस्कारबाट र दोश्रो स्थान प्राप्त गर्नेलाइ रु २० हजार र तृतियलाईरु १० हजार नगद पुरस्कार प्रदान गरीने संघका सचिव तथा समितिका समन्वयकर्ता दिनेश प्रसाद श्रेष्ठले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया