Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
व्यापार मेला र सुनौली बजार

कस्मेटिक पसल । चुरापोते, लिपिष्टिक, नङ पोलिस आदि इत्यादि बिक्री गर्न राखिने पसल । तर छ चिनीको वोरा, चियापत्ति र झोला । यो नेपालको कस्मेटिक पसलको दृष्य होईन छिमेकी मुलुक भारतको सुनौली वजारको हो । ‘के सामान लैजाने ? चिनी मात्र लैजानु हुन्छ ५५ अरु सामानसित प्रति केजी ५० (करिब २ महिना अघि) । सुनौली पसलको कस्मेटिक पसलेले ग्राहकलाई यसरी नै सोधेछन । यो पंक्तिकार पनि साथीहरुको लहैलहमा सुनौली बजार पुगेको थियो दुई महिना अघि । कस्मेटिक पसलमा चिनीको बोरा देखेर छक्क परँे । सुनौली बजारका सबैजसो पसलमा चिनीको व्यापार कुनै नौलो थिएन । सुनौली बजारमा चिनीको ब्यापार राम्रै हु“दो रहेछ उहिले बटौलीमा घिउको व्यापार भए जस्तै । सुनौलीमा बजार गर्न बुटवलबाट समेत जाने उपभोक्ताहरुको भिड लाग्दो रहेछ । ५ किलो मिटर वारी ७०/८० रुपैयाँ पर्ने चिनी सुनौलीमा ५० मै पाउँदा कुन नेपाली उपभोक्ताहरुले स्वदेशी आडम्बर देखाउन सक्थ्ये ? तर वास्तविकता फरक छ । उपभोक्ताले सस्तो मात्र खोज्दा गुणस्तरमा ठगिएका छन । सुनौली बजारको १ केजी चिनी १० दिनलाई पुग्छ भने नेपाली उद्योगले उत्पादन गरेको चिनी २० दिनलाई पुग्छ । गृहणी भन्छन– ‘एक चिया चम्चा राखेर पुग्दैन सुनौलीको सस्तो चिनी २ चम्चा नै हाल्नु पर्छ ।’ अनि कसरी भयो सस्तो ? मैले यहाँ प्रसंग जोड्न खोजेको व्यापार मेलाको सन्दर्भको हो । जाडो याम शुरु भयो कि नेपालमा औद्योगिक, कृषि, व्यापार, पर्यटन केके हो मेला शुरु हुन्छ । ती मेलाका नारा प्रायः एउटै हुन्छन ‘नेपाली उत्पादन प्रयोग गरांै, स्वदेशी उद्योगलाई प्रोत्साहन गरांै ।’ मेला हेर्न गयो । भारतबाटै आएको मुम्फली खायो । नेपाली कलाकार उफ्रेको हे¥यो मन परे ताली ठोक्यो । भारतमै तयार भएको नमकिन भुजा, अचार किन्यो । भारत, जापान, कोरिया, चाईना थाईल्याण्डबाट आयात गरिएका लत्ता कपडा खरिद ग¥यो घर फर्कियो । मेलामा जाने दर्शक होस या उपभोक्ता उनीहरुको मेला शुरु भएपछि यहीक्रम दोहोरिन्छ । मेलामा राखिएको नेपाली उत्पादन तथा प्रविधिको चासो लिएर हेर्ने प्रायः न्यून हुन्छन । भिड सांस्कृतिक कार्यक्रम मै बढी हुन्छ । आयोजकहरु स्वदेशी नारा दिन्छन, विदेशी उद्योगले प्राथमिकता पाउ“छन । कारण विजनेश त हो कहा“ फाईदा हुन्छ । बुटवल तथा भैरहवामा वर्षेनी मेला लाग्छ आलोपालो गरी । आयोजकले दर्शक हेरेर दंग पर्छन, पैसा विदेशिन्छ– पिङ सरकस, वाल बगैंचा आदी इत्यादिबाट । बुटवल तथा भैरहवा क्षेत्रमा भएका मेला महोत्सवको सचित्र प्रमाण यही हो । त्यो विगतले पनि पुष्टि गर्छ । भैरहवामा अहिले मेला चलिरहेको छ । दर्शकको घुइँचो लागेको समाचारहरु आईरहेका छन । कारोवार पनि बढेको बताइन्छ । ‘स्थानीय बजारमा खरिद गरांै, स्थानीय बजारको प्रवद्र्धन गरौं । स्वदेशी बस्तुको प्रयोग गरौं स्वाभिमानी नेपालीको पहिचान बनाऔं ।’ आहा १ कति राम्रो नारा । नारा अनुसार व्यवहारमा प्रयोग कत्तिको भएको छ या छैन भन्ने सवाल महŒवपूर्ण छ । नारा दिन सजिलो छ तर व्यवहारमा उतार्न निकै गाह्रो छ । आयोजक संस्था नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष मनिष कुमार जोशीले नेपाली बजार र भारतीय बजारलाई तुलना गर्दै नेपाली बजार प्रवद्र्धन हुने खालको सन्देश जाने गरी मेला आयोजना गरिएको बताईरहँदा वास्तविकता के छ मेलामा आउने दर्शक तथा उपभोक्ताहरुलाई मूल्यांकनको जिम्मा दिऔं । मेलामा एउटा जानकारीमूलक मूल्यसुची वोर्डले धेरै जानकारी दिएको छ । बरु त्यतातिर मेला भर्न गएकाहरुको ध्यान पुगेको छ कि छैन । नजिकैको सुनौली बजारमा बिक्री भईरहेको बस्तुको मूल्य र नेपाली बजारमा पाईने बस्तुको मुल्यान्तर देखाउने प्रयास मेलामा गरिएको छ । त्यो अत्यन्तै सकारात्मक र नमुना कार्य हो । कर्मचारी नै खटाई सीमावर्ति सुनौली बजार र सिमा वारीको नेपाली वजारमा पाईने उपभोग्य वस्तुको मूल्यान्तर र गुणस्तरको वारेमा जानकारी दिनुले मेलाको ओझ बढाएको छ नै उपभोक्ताहरुको आ“खा पनि खोलेको छ । सूचनामूलक वोर्डमा उल्लेख भएअनुसार नेपाली स्थानीय बजारमा धेरै वस्तु भारतको तुलनामा निकै सस्तो छ । ५१ वस्तुको मूल्यसूचि राखिएको छ । सुनौली बजारमा भन्दा निकै अन्तर छ । जस्तैः धेरै प्रयोग हुने कोल्गेट पेष्ट ५० ग्राम स्थानीय बजारमा २२ रुपैयाँ पर्छ भने भारतीय बजारमा २४ रुपैयाँ पर्छ, त्यसै गरी १०० ग्रामको लक्स सावुनको मूल्य स्थानीय बजारमा २५ रुपैयाँ पर्छ भने भारतीय बजारमा २७ रुपैयाँ पर्छ । यस्तो धेरै उपभोग्य वस्तु छन भारतीय बजारमा भन्दा नेपाली बजारमै सस्तो पर्छ । तर पनि सीमा नजिक तथा आसपासका नेपाली उपभोक्ताहरु भारतीय बजार धाईरहेका भेटिन्छन । उपभोक्ताहरु चिनी सस्तो पाउने लोभमा अन्य उपभोग्ग वस्तुको मूल्यमा ठगिएको पत्तो समेत पाउँदैनन । जे होस भैरहवामा जारी तेश्रो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७०ले उपभोक्ताहरुलाई राम्रो सन्देश दिएको छ । तर, मेलामा स्वदेशी वस्तुको प्रयोग र स्थानीय बजार प्रवद्र्धनका नारा घन्की रहेको मेलामा उपस्थित दर्शक तथा उपभोक्ताहरु मेला सकिए पछि झोला वोकेर सुनौली बजार जाने परिपार्टीको अन्त्य भए मात्र भैरहवामा जारी मेलाले सार्थकता पाउनेछ ।

0 comments

तपाईंको प्रतिकृया