Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मेलाको उद्घाटन वुधवार राष्ट्रपतिले गर्ने

बुटवल ९ पुस । ‘लगानी लुम्बिनीमा –सम्बृद्धि देशमा’ भन्ने मूल नाराका साथ बुटवल उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य  महासंघको संयुक्त आयोजनामा बुटवलमा मंगलबारदेखि बुटवलमा औद्योगिक व्यापार तथा कृषि मेला शुरु भएको छ ।
मंगलवारदेखि मेला शुरु भएपनि  मेलाको औपचारिक उद्घाटन भने  बुधवार राष्ट्रपति डा. रामवरण यादवले गर्ने  मेला व्यवस्थापन समितिका संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । पुस २१ गतेसम्म चल्ने उक्त मेलामा ५ सय ४० स्टल रहेका छन् ।
मेलालाई आकर्षक बनाउन र पर्यटन प्रवद्र्धनका लागि मेलाको प्रवेशद्वार जितगढी किल्ला झल्कीने गरी निर्माण गरिएको छ भने मेला सचिवालय तथा कार्यक्रम गर्ने मञ्च पाल्पाको रानीमहलको आकृतिमा निर्माण गरिएको छ ।
त्यस्तै मेलाको अर्काे आकर्षण हात्ती सफारी र हट एयर वेलुन रहेको छ । मेलामा लोक संस्कृति संरक्षण एवं संवद्र्धनका लागि प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने छ  ।  मेलामा ५ लाख अवलोकनकर्ता तथा १५ करोडको कारोबार गर्ने अयोजकले लक्ष्य लिएका छन ।
 यसैबीच बुटवलमा मंगलबारबाट शुरु भएको व्यापार मेलाको प्रचारका लागि मंगलबार मेला स्थल बुटवल मण्डपबाट साईकल यात्रा शुरु गरिएको प्रचार प्रसार समितीका संयोजक हरिप्रसाद अर्यालले जानकारी दिए । 

0 comments

तपाईंको प्रतिकृया