ख्रष्टमस कप नकआउट फुटवल प्रतियोगिता
उद्घाटन खेलमा सयपत्री युथ क्लब विजयी
बुटवल, २६ मंसिर । बुटवलमा ‘ख्रिष्टमस कप नकआउट फुटवल प्रतियोगिता’ शुरु भएको छ ।
ख्रिष्टियनहरुको महान चाड ख्रिष्टमसको अवसर पारी बुटवल ख्रिष्टियन युथ क्लबको आयोजनामा आजदेखि बुटवल–१३ देविनगरमा अवस्थित फिफाटेक्नीकल स्टेडियमा शुरु प्रतियोगितामा रुपन्देहीका १६ टिमको सहभागिता रहेको छ ।
पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमका बीच बुटवल नगरपालीकाका प्रशासकीय शाखा अधिकृत कृष्णप्रसाद ज्ञवालीले उद्घाटन गरे ।
उद्घाटन खेलमा बुटवल सयपत्री युथ क्लबले जीत दर्ता गरेको छ । सयपत्रीले बुटवलकै गोर्खा ब्वायजलाई ३ –० गोल अन्तरले पराजीत गरेको हो । आज नै भएको दोस्रो खेलमा राधाकृष्ण यूथ क्लबले जीत दर्ता गरेको छ । राधाकृष्णले बुटवल एफ सी देविनगरलाई ४–१ को गोल अन्तरले पराजीत गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । प्रतियोगितामा विजेता समूहले ५० हजार रुपैया नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप विजयीले २५ हजार नगद सहित पदक र प्रमाणपत्र रहेको क्लबका उपाध्यक्ष कमल रानाले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया