Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दुर्घटनामा १७ जनाको मृत्यु

बुटवल १७ पुस– काठमाण्डौवाट रुकुमको लागी छुटेको लु १ ख ८२९० नम्वरको वस सल्यानमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।  रात्री सेवाको उक्त बस  वाँझकाडा १ मोखलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले जनाए अनुसार  १० जना भन्दा वढि घाईते भएका छन भने बसमा रहेका यात्रु बारे अझै यकिन भइसकेको छैन ।

बस बुधवार बिहान ५ बजेतिर बाँझकाडा गाविसको मोख्लामा दुर्घटनामा परेको हो । मृतकहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
 यसैविच तनहुँमा भारतीय पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मत्यु भएको छ ।तनहुँको बन्दीपुरमा गएराती जीप दुर्घटना हुँदा थप ६ जना घाइते भएका छन् । भारतीय पर्यटक लिएर पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको जीप मंगलबार राती तनहुँको बन्दिपुर ६, चुनपहरा नजिकैबाट मस्याङ्दी नदीमा खस्दा ६ भारतीय पर्यटकको मृत्यु भएको छ।
 दुर्घटनामा परी जीप चालक सहित अन्य ५ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेहरुमा एकै परिवारका रहेका छन् ।
 मृत्यु हुनेमा भारत कोलकत्ताका ५८ वर्षीय विनयकुमार त्रिपाठी, १३ वर्षीय हेमन्त त्रिपाठी, ५६ वर्षीया कलावती त्रिपाठी, ३३ वर्षीय पुनम त्रिपाठी, २० वर्षीया नेहा त्रिपाठी र ३७ की निलम त्रिपाठी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ग१ञ ६६९ नम्बरको जीप मंगलबार राती पृथ्वी राजमार्गदेखी करिब ६० मिटर तल मस्याङ्दी नदीमा खसेको थियो।

0 comments

तपाईंको प्रतिकृया