भैरहवामा औद्योगिक व्यापार मेला शुरु
‘स्थानीय बजारमा खरिद गरौं स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तु प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ नारासहित आयोजना गरिएको मेलाको हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले उद्घाटन गरे । सो अवसरमा कलाकार श्रेष्ठले प्रयाप्त रुपमा स्रोत र साधन हुदा पनि मुलुकमा बातावरण नबन्दा आर्थिक क्षेत्रले पmडको मार्न नसकेको बताए ।
अर्का कलाकार आचार्यले करोडौ लगानी भएका उद्योग धन्दा बन्द भएको उल्लेख गर्दै राजनैतिक उद्योग मात्र सपmल भएको बताए ।
उदघाटन समारोहमा उद्योगी श्याम बहादुर पाठक, नेपाल पत्रकार महासँघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवाली, एकिकृत माओबादी केन्द्रिय सदस्य हकिउल्लाह खाँ लगायतले मेलाको सफलताको शुभ कामना ब्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रम अघि बिहान ९ वृहत औद्योगिक जनचेतना र्याली निकालिएको थियो ।
रुपन्देही जिल्लामा उद्योग, ब्यापार, पर्यटन र कृषिको सम्भावना प्रचुर रहेकाले यी क्षेत्रको विकासका लागि पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने मेला सचिवालय संयोजक नारायण भण्डारीले बताए ।
स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उद्योगीलाई प्रोत्साहन, औद्योगिक, कृषिजन्य र घरेलु उत्पादनको बजारीकरण, कला संस्कृतिको संरक्षणसंगै लुम्बिनीको पर्यटकीय महत्वलाई प्रवद्र्धन गर्न महोत्सवलाई निरन्तरता दिएको आयोजकको भनाई रहेको छ ।
महोत्सवमा बुद्ध जन्मस्थलमा रहेको मायादेवी मन्दिरको झल्को दिने मायादेवी पेभेलियन,मेलामै पहिलोपटक राखिएको महिला कुस्ती र पुरुष कुस्ती, लोकदोहोरी, आधुनिक,पप, हास्य र भोजपुरी विधाका ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुति विशेष आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ ।
महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुल्ला नृत्य, हरेक सांझ लाइभ ब्याण्ड र डीजेहरुको प्रस्तुति पनि रहने सांस्कृतिक संयोजक आशा गुरुङले बताए ।
महोत्सव अवधिभर मेला स्थलमा निशुल्क इन्टरनेट प्रयोगका लागि वाईफाई जोन, औद्योगिक तथा पर्यटकीय गोष्ठी, अन्तरक्रिया, निशुल्क लुम्बिनी दर्शन यात्रा, उद्योग, ब्यापार, कृषि र पर्यटन क्षेत्रमा योगदान पुराउने चार जना उद्योगीलाई सम्मान गर्ने कार्यक्रमहरु पनि रहेको आयोजकले जनाए ।
महोत्सव करिब दुई लाख दर्शकले अवलोकन गर्ने र १२ करोड रुपैयांको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा रहेको छ । महोत्सवको सहआयोजकमा जिल्ला विकास समिति रुपन्देही, सिद्धार्थनगर नगरपालिका, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम र पशुपंक्षी बजार प्रवर्दन निर्देशनालय रहेका छन् । संगठनले २०६६ सालमा पहिलोपटक र २०६८ मा दोस्रोपटक राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्सव गरेको थियो ।


0 comments
तपाईंको प्रतिकृया