Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चिसो मौसममा बढेको तौललाई कसरी कम गर्ने ?

चिसो मौसममा खानाको मज्जा दोब्बर हुन्छ । यो बेला खानेपिउनेको चक्करमा तौल पनि राम्रोसँग बढ्छ । तर यस मौसममा केही कुरालाई ध्यानमा राखेर आफ्नो मन परेको खाना खाएर पनि बढ्दो तौललाई घटाउन सकिन्छ ।
चिसो मौसममा तौल बढ्ने केही कारण
— चिसो मौसम शुरु हुने बित्तिकै ड्राईफ्रुट्स, घिउ र चिनीको मिश्रण बनाएर दूधको साथ पिउनाले धेरै फ्याट शरीरमा जम्मा हुन्छ र मोटोपन बढ्छ ।
—चिसो मौसममा जाडोको कारण मानिसहरु शारीरिक कसरत गर्न र हिड्न बन्द गर्दछन् । यो बेला फ्याट वर्न हुने लगभग सबै बिकल्प बन्द हुने भएकोल मोटोपन बढ्दछ ।
— बीएमआर ९बेसिल मेटाबलिज्म रेट० त्यो ऊर्जा हो जुन कुनै पनि काम नगर्दा पनि प्रयोग हुन्छ । केही मानिसमा यो बढी हुन्छ र जे खाँदा पनि उनीहरुको तौल बढ्दैन । तर केही मानिसमा यो कम हुन्छ र मोटोपन बढ्दछ ।
— चिसो मौसममा मानिस पानी कम पिउँछन् । कम पानी पिउनु पनि एक ठूलो कारण हो तौल बढ्ने किनकी पानी पिउनाले नै शरीर डिआक्सिडेन्ट हुन पाउँदैन ।

 बढ्दो तौलमा केही यस्तो लगाम लगाउनुहोस्
— चिसो मौसममा जे खाए पनि सजिलैसँग पच्दछ । तर यसको मतलव यो हैन कि भोक लाग्दा जे पनि खानु । यदि तपाइ चिसो मौसममा आफ्नो तौल बढाउन चाहनुहुन्न भने स—साना कुरामा पनि ख्याल राख्नुपर्दछ ।
— चिसो मौसममा शारीरिक कसरत गर्नाले फ्याट कम गर्ने मात्र नभई बीएमआर पनि बढ्दछ जुन मोटोपन कम गर्न महत्वपूर्ण हुन्छ ।
— बीएमआर बढाउन आफ्नो खानामा फ्लेवनायड जस्तो तत्व सामेल गर्नुपर्दछ ।
—कम मात्रामा क्यालोरी पाइने खानाको साथै गुलियो चिज खान नियन्त्रण गर्नुपर्दछ । यो मौसममा मुग दालको हलुवा र गाँजरको हलुवा धेरै खाइन्छ । यदि तपाइ वजन नियन्त्रण गर्न चाहनु हुन्छ भने यी चिज कम मात्रामा खानुहोस् ।
— फाइवरले भरिपूर्ण आहार लिने ।
— धेरै फलफूल र मौसमी तरकारीलाई सलाद र सुप बनाएर खाने । यसले वजन नियन्त्रणमा रहन्छ ।
—टमाटर, पालुंङो, लसुन, सुन्तला, मेवा तपाइको छाला र तौल दुवैका लागि लाभकारी हुन्छन् । टमाटरमा कैरोटिन तत्व हुन्छ जसले रगत सफा गर्दछ । पालुंङोले क्याल्सियम दिनुको साथै हेमोग्लोबिनको मात्रा बढाउँछ ।
— खानाको साथसाथै यस मौसममा पीउने चिजको पनि ध्यान राख्नुपर्दछ । यस मौसममा तिर्खा कम लाग्ने हुनाले मानिसहरु पानी कम पिउँदछन् र शरीरमा पानीको कमी हुन्छ । तर तौल कम गर्न पानीले मुख्य भूमिका निभाउँदछ किनकी पानीले शरीरलाई डिओक्सिडेन्ट गर्दछ ।
— सबैभन्दा महत्वपूर्ण कुरा खाना खानमा लामो ग्याप नराख्ने । नियमित खाना खाने । यसले मेटाबालिज्म ठीक रहन्छ र तौलको साथसाथै तपाइ पनि स्वस्थ्य रहनुहुन्छ ।

यी कुराहरुलाई पनि ध्यानमा राख्ने
— खानामा हरियो सागसब्जीहरुसामेल गर्ने ।
— फलफूल र तरकारी धेरै खाने ।
— पानी धेरै पिउने ।
— शारीरिक कसरत गर्ने वा हिँड्ने ।
— खानामा फाइवरयुक्त भोजन खाने ।
— गुलियो मिठाई खान नियन्त्रण गर्ने ।
— तारेको चिजबाट टाढा रहने ।
— ड्राइफ्रुट्सलाई भुटेर खाने ।
—व्रmश डाइट नगर्ने ।
— धेरै समय सम्म भोकै नबस्ने ।
— शरीरको मेटाबलिज्म बढाउने ।
— मनतातो पानी पिउने ।
थोरै ध्यान दिएर चिसो मौसममा खानुहोस् पिउनुहोस् र मौसमको मज्जा लिनुहोस् ।
जनस्वास्थ्य सरोकार

0 comments

तपाईंको प्रतिकृया