Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बुटवलको मेला उद्यमी र उद्यम गर्न चाहने बीचको पुलः अर्याल

पश्चिमाञ्चलस्तरीय औद्योगिक व्यापार तथा कृषि मेला नेपाल व्यापार तथा पर्यटन मेला २०७०’ यसअघि आयोजना गरिएको मेला भन्दा फरक बनाउने प्रयास गरिएको छ । मेलामा साजसज्जा देखि अन्य कार्यक्रम प्रस्तुुतीहरुमा पनि फरक अनुभूति दिने प्रयास गरेको आयोजकले जनाएका छन् । पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायीकरण र उत्पादित वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले आयोजना भएको मेलाको सन्दर्भ र प्रचार प्रसारको विषयमा मेला प्रचार –प्रसार समितिका संयोजक हरिप्रसाद अर्यालसँग रुद्रहरि कुंवरले गरेकोे कुराकानीको सम्पादित अंश:

मेलाको प्रचार–प्रसार कसरी गरिएको छ ?
मेला प्रचार–प्रसारको लागि यहाँका सम्पूर्ण मिडियाले हामीलाई राम्रो सपोर्ट गर्नु भएको छ । पत्रकार साथीहरु नै प्रचार–प्रसार समितिमा हुनुहुन्छ । सबैलाई मेलाको अपनत्व महशुस भएकाले प्रचार क्षेत्रमा हामीलाई ऊर्जा नै मिलेको छ । विकसित सूचना प्रविधिको विकास क्रमसँग प्रचार गर्ने शैली पनि फेरिएको छ । सामाजिक संजाल फेसवुकबाट पनि व्यापक प्रचार–प्रसार भएको छ । आन्तरिकरुपमा हामीले जिल्ला जिल्लामा गाडीबाट माईकिङ गरिएको छ । हामीले झण्डै एक महिना अघिदेखि नै प्रचार–प्रसारमा जोड दिएका थियौं ।

बुटवलमा मेला अवलोकन गर्न दर्शक किन आउने ?
दर्शकले यसअघि आयोजना गरिएको मेला भन्दा यो पटक आयोजना गरिएको मेलाको  नया“ अनुभूति गर्न पाउनु हुनेछ । मेलामा कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं । उद्यम गर्न चाहने नयाँ पुस्ता, युवा पुस्तालाई शिक्षा दिने गरी मेलामा व्यवस्था मिलाएका छौं । वास्तवमा भन्दा यो मेला एउटा पाठशालाको रुपमा लिन सकिन्छ । उद्यम गरी खारिएका अनुभवी उद्यमी र उद्यम गर्न चाहने नयाँ पुस्ताको बीचको पुलको रुपमा मेलाले भूमिका खेल्ने छ  । कृषि, आईटी लगायतका क्षेत्रमा आएका नया“ प्रविधि, नया“ कुराको बारेमा जान्नको लागि यो मेला अवलोकन गर्नु आवश्यक छ । राष्ट्रिय कलाकारको साथमा सांस्कृतिक कार्यक्रमहरु दिनहुँ आयोजना गरिनेछ ।

मेलामा दर्शकले पहिलेको मेला भन्दा के फरकपन पाउनेछन् ?
पक्कै पनि अघिल्ला वर्षमा भएका मेला महोत्सव भन्दा फरक अनुभूति यसपालिको मेलामा दर्शकले अनुुभूति गर्न पाउनेछन् । मेलामा साजसज्जा देखि अन्य कार्यक्रम प्रस्तुुतिहरुमा पनि फरक अनुभूति दिने प्रयास गरिएको छ । अघिल्लो वर्षहरुमा आयोजन गरिएको मेला महोत्सवबाट पाठ सिकेर केही मेलामा फरक अनुभूति दिने प्रयास गरेका छौं ।
दर्शकले मेलास्थलमा प्रवेश गर्दा देखि नै फरक अनुभूति गर्न पाउनुहुने छ । मूलद्वारा नै ऐतिहासिक किल्ला जितगढीको स्वरुपमा तयार गरिएको छ भने मेला सचिवालय पाल्पाको रानी महलको एक भाग झल्कीने स्वरुपमा तयार गरिएको छ । स्टल व्यवस्थापन आकर्षक रुपमा विभिन्न सेक्टरमा विभाजन गरी तयार गरिएको छ ।  व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ सेमिनारहरु गरिनेछ जसका कारण पनि मेला अघिल्लो वर्ष भन्दा पृथक रहेको छ  ।

मेलामा सुरक्षा प्रबन्ध कस्तो छ ?
सुरक्षा व्यवस्था अत्यन्त चुस्त दुरुस्त बनाईएको छ । प्रहरी तथा सेक्युरिटी गार्डहरु आवश्यक मात्रामा परिचालन गरिएको छ । मेलामा अवलोकन गर्न आउने दर्शक र स्टलधनीहरु ढुक्क भए हुन्छ । ठा“उ–ठाउँमा १६ वटा सिसिटिभी जडान गरिएको छ । मेलास्थल अत्यन्त सुरक्षित भएकाले निर्धक्क हुने वातावरण तयार गरिएको छ ।

अन्त्यमा,
संघले आयोजना गरेको यो १४ औं मेला हो । मेला तपाई हामी सबैको प्रतिष्ठासँग जोडिएको विषय हो । विगतमा जस्तो सबैको सहयोग, सद्भाव रहनेमा विश्वस्त छौं । एकपटक मेला अवलोकन गरी यहा“बाट धेरै ज्ञान हासिल गरी फाईदा उठाउनुहुन सबैसँग अनुरोध गर्दछु । मिडियाबाट मेलाको लागि सकारात्मक सुझाव र सहयोग प्राप्त भएको छ  । मेला अवधिभर मात्र होईन अरु समयमा पनि यस्तै सकारात्मक भूमिकाको अपेक्षा गर्दछु ।

0 comments

तपाईंको प्रतिकृया