कृषि प्याभेलियनमा दर्शक आकर्षित
बुटवल १२ पुस । औद्योगिक व्यापार तथा कृषि एवं पर्यटन मेलामा बनाईएको कृषि पेभिलियनमा राखिएका स्टलले दर्शकहरुलाई आकर्षित गरेको छ । बुटवल उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघको संयुक्त आयोजनामा बुटवलमा संचालित मेलामा कृषीमा दर्शकको चासो वढेको हो ।
कृर्षिलाई बिशेष प्राथमिकता दिएर कृषिजन्य उत्पादनका लागि आयोजकले छुट्टै प्याभिलिएनमा राखेपछि मेला कृषकहरुलाई मेला अवलोकनका लागि सहजता प्रधान गरेको हो । कृषिको व्यबसायिक बिकास गर्ने उद्देश्यले कृषिलाई छुट्टै पेभिलियन बनाएर राख्दा अवलोकन कर्तालाई पनि सहज भएको र अवलोनका लागि आउने कृषकहरुको सहभागिता उत्साहजनक रुपमा रहेको जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका वाली संरक्षण अधिकृत राबहादुर खत्रीले जानकारी गराए ।
मेलामा कृषि, माछा तथा पशुपालन व्यबसाय र कृषिजन्य उत्पादनलाई बजारीकरण गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै पेभिलियन बनाईएको संघका सदस्य तथा कृषि प्रवद्धन समितीका संयोजक अनुपमान सैंजुले जानकारी दिए । मेलामा उत्पादनलाई गुणस्तर युक्त बनाउन जोड दिनका लागि उत्पादन गुणस्तर अनुगमन पनि गरिएको उनले बताए ।
कृषि प्याभिलियनमा कृषि उत्पादन, प्रबिधि र सेवाका सरकारी तथा गैर सरकारी संघ सस्था र व्यवसायीक प्रतिष्ठान सहित कृषक समुहका उत्पादन गरी ६५ स्टल सहभागि छन ।
बुटवल उद्योग बाणिज्य संघले कृषि, माछा, पशुपालन व्यबसायलाई जोड दिएर मेला तथा महोत्सव गर्ने गरेकै कारण कृषि, पशुपालन तथा माछा व्यबसायमा समेत व्यबसायिकिरण बढेको मत्स्य बिकास कार्यालय रुपन्देहीका कर्मचारी कमलप्रसाद नेपालले बताए ।

0 comments
तपाईंको प्रतिकृया