Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
औद्योगिक ब्यापार मेलामा कुस्तीको मज्जा

भैरहवा, २३ मंसिर । मेला हेर्न भैरहवा पुग्ने दर्शकले सोमवार देखी सास्कृतीक कार्यक्रमवाट मात्र होईन कुस्ती देखेर मनोरञ्जन लिन पाउने छन । भैरहवामा जारी तेस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा आज सोमबार देखि कुस्ती प्रतियोगिता शुरु हुदैछ । मेलाको एउटा आकर्षणको रुपमा लिइएको कुस्ती प्रतियोगितामा महिला र पुरुषतर्फ गरी करिब एक सय जना खेलाडीहरुक सहभागी हुनेछन ।
तीन दिनसम्म चल्ने कुस्ती मध्यान्ह १२ बजेदेखि दिउसो ५ बजेसम्म चल्ने प्रतियोगिता संयोजक करुणानिधि त्रिपाठीले जानकारी दिए । मेलामा पहिलो पटक महिला कुस्ती प्रतियोगीता आयोजनले जानकारी दिए ।  दर्शकहरुले प्रत्यक्ष रुपमा आजबाट केही दिन सम्म मुक्का मुक्की देख्न पाउने भएका छन ।
नेपाल र भारतका पहलमान खेलाडीले भाग लिने  कुस्ती प्रतियोगिता हेर्न दर्शकलाई छुट्टै टिकट नलाग्ने उनले जानकारी दिए ।  माटोको रिङमा खेलाइने यो कुस्ती तराई मधेशमा लोकप्रिय परम्परागत खेल हो । यो खेल नेपालमा दुर्भल खेलको  रुपमा लिईन्छ  ।

0 comments

तपाईंको प्रतिकृया