Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सरस्वती माविको रजत महोत्सव

बुटवल,  १६ मंसिर  (सुपरखबर) । रुपन्देहीको दुधराक्ष गासिस –७ देउवापार स्थित सरस्वती माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी रजत महोत्सव मनाएको छ । आईतवार विशेष कार्यक्रम गरी रजत महोत्सव मनाईएको उक्त विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अध्यक्षतामा भएको मुल समारोहमा नेपाली कांग्रुका नेता तथा रुपन्देही क्षेत्र नं ५बाट निर्वातिच सभासद भरतकुमार शाहले विद्यालयको भौतिक संरचना विकासको लागी सक्दो पहल गर्ने वताएका थिए ।
कार्यक्रममा  जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उप सचिव गंगाराम आचार्य, लेखा अधिकृत वावुलाल नेपाल लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  प्रधानाध्यापक यदुनाथ ज्ञवालीले विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले महायज्ञवाट संकलित रकमबाट भवन निर्माण गरिएको जानकारी गराउदै  माविको दरवन्दीको लागी जिशिकको ध्यानकर्षण गराएका थिए।
 वि सं २०४४ मा स्थापना भएको उक्त विद्यालय निमाविको दरवन्दीले मावि संचालन भएको छ । उक्त विद्यालय विगत दुई वर्ष देखी एसएलसी परिक्षामा सहभागी भई उत्कृष्ठ नतिजा समेत ल्याउन सफल भएको छ ।
कार्यक्रममा शिक्षक खगराज भट्टराईले स्वागत गरेका थिए भने संचालन संचारकर्मी दीपक न्यौपानेले गरेका थिए । कार्यक्रमा लोक तथा दोहरी गायक प्रचण्ड जिसी, सिता राना तथा विष्णुजी पाण्डे (माईला बा)ले दर्शकलाई मनोरञ्जन दिएका थिए ।

0 comments

तपाईंको प्रतिकृया