Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
क्लवद्धारा अपाङ आश्रमलाई सहयोग

बुटवल १८ मंसिर– रोटरी क्लव अफ वुटवल डाउन टाउन र रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउनको संयुक्त आयोजनामा एक कार्यक्रम विच वुटवल १३ देविनगर स्थित नेपाल अपाङ आश्रमलाई टवाईलेट रिङ तथा प्यान सिट हस्तान्तरण गरिएको छ ।
क्लवले आश्रममा आश्रित अपाङगता भएका व्यक्तिलाई शौचालय नै निर्माण गरिदिन लागेको हो । २२ औ अन्तराष्ट्यि अपाङ दिवशको अवसरमा मंगलवार रिङ र प्यान सेट हस्तान्तरण गरिएको क्लवले जनाएको छ ।
 क्वलका अध्यक्ष रविलाल पोख्रेले आश्रमका अध्यक्ष डोलाराम रामदामलाई शौचालय रिङतथा प्यानसिट हस्तान्तरण गरेका थिए । क्लवका अध्यक्ष पोख्रेललको अध्यक्षता  इलेक्ट प्रेसिडेण्ट नरवहादुर श्रीसको स्वागत , रोट्याक्ट क्लवमा इलेक्ट प्रेसिडेण्ट वालकृष्ण पाण्डेको धन्यवाद ज्ञापन तथा सचिव मधु भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको रोट्याक्ट क्लवका नोमिनी प्रेसिडेण्ट जनक प्रसाद दमासे पौडेलले जानकारी दिए । आश्रमका अध्यक्ष रामदामले भवन निर्माण शुरु भएपनि निर्माण सामग्रीको अभावले पुरा हुन नसकेको वताए ।  दिवशको अवसरमा बुटवल १२ निवासी सुकदेव मल्लले आश्रममा रहेकाहरुलाई खाना खुवाएकी थिईन ।

0 comments

तपाईंको प्रतिकृया