Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
राष्ट्रिय जनमोर्चाद्धारा सभासद सिफारिस

बुटवल २१ म्ंसिर– राष्ट्रिय जनमोर्चाले समानुपातिक तर्फको सभाषदको लागी सिफारिस गरेको छ । उक्त पार्टीले २ जना महिला सहित ३ जनाको नाम सिफारिस गरेको छ ।
शुक्रवार वसेको  उक्तपार्टीको केन्द्रीय समितिको बैठकले संविधानसभाका लागि समानुपातिक तर्फ अध्यक्ष  चित्रबहादुर के.सी., उपाध्यक्ष. दुर्गा पौडेल तथा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष  मीना पुनलाई सर्वसम्मतिले मनोनित गर्ने निर्णय गरेकोले जनाइएको छ ।
अध्यक्ष चित्रवहादुर केसीद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा ‘संविधानसभामा विजयी महिला सभासद्हरुको संख्या ३३ प्रतिशत भन्दा कम भएकाले विभिन्न राजनीति पार्टीहरुले समानुपातिक तर्फबाट पठाउने सभासद्हरुको संख्या विजोड भएको अवस्थामा महिलाहरुलाई नै पठाउनु पर्दछ भनेर महिला संगठनहरुले आवाज उठाइरहेका छन् । त्यो मतलाई समेत आदर गर्दै हाम्रो पार्टीले पठाउने तीनजना सभासद्हरु मध्ये दुईजना महिलाहरुलाई नै पठाउने निर्णय गरेको छ ।’ उल्लेख गरिएको छ । राष्ट्यि जनमोर्चाले प्रत्यक्षतर्फ एक सिट पनि ल्याउन सकेको छैन ।

0 comments

तपाईंको प्रतिकृया