भैरहवामा मेलाको अन्तिम तयारी
उद्घाटन मह जोडीले गर्ने
भैरहवा, २० मंसिर (सुपरखबर)। नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन रुपन्देहीको आयोजनामा हुन लागेको तेस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको अन्तिम तयारी भएको आयोजकले वताएका छन ।
मंसिर २१ गतेबाट भैरहवा स्थितशिद्धार्थ रंगशालामा संचालन हुने मेलामा स्टल, मेलाको गेट र मायादेवी पेभिलियन निर्माण कार्य सकिएको विहिवार आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितीका संयोजक तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संघठनका अध्यक्ष मनिषकुमार जोशीले जानकारी दिए ।
‘स्थानीय बजारमा खरिद गरौं स्थानीय बजारको प्रवद्र्धन गरौं,स्वदेशी वस्तु प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नारासहित शुरु हुन लागेको मेलामा स्वदेशी उद्योगका उत्पादन र कृषीलाई प्राथमिकता दिइएको आयोजकले जनाएका छन ।
अध्यक्ष जोशीले अपेक्षा भन्दा पनि वढि स्टल दर्ता भएको बताए । महोत्सवमा स्वदेशी तथा विदेशी औद्योगिक उत्पादन, सुचना प्रविधि, अटो, कृषि, तयारी पोशाक,छालाजन्य बस्तु, खाद्य पदार्थ, रेष्टुरेन्ट, मनोरञ्जन, वित्तिय क्षेत्र लगायतका गरी २ सय ४० स्टलहरु तयार भएको जानकारी दिदै थप १५ स्टल थपिएको बताए ।
उद्घाटन वरिष्ठ हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मध्यान्ह मेलाको उद्घाटन गर्ने भएका हुन् । मेलालाई सबै ढंगबाट नयांपन दिन सबैका साझा व्यक्तित्व मह जोडीलाई मेलाको उद्घाटनमा निम्ताईएको संयोजक जोशीले जानकारी दिए ।
महोत्सवमा मुख्य आकर्षणका रुपमा मायादेवी पेभेलियन र महिला तथा पुरुष कुस्ती प्रतियोगिता र सांस्कृतीक कार्यक्रम रहेको सचिवालय संयोजक नारायण भण्डारीले बताए ।
मेलास्थलको मध्य भागमा लुम्बिनीमा रहेको मायादेवी मन्दिरकै दुरुस्त रुपमा निर्माण गरिएको मायादेवी पेभेलियनमा माथिल्लो भागमा मन्दिर र भित्र सूचना प्रविधिका १८ स्टलहरु रहने छन् तथा चाईनिज स्टर रहने उनले बताए । महोत्सवमा रहने मायादेवी मन्दिरको दुरुस्त स्वरुपले लुम्बिनी नगएका र मायादेवी मन्दिर नदेखेकाहरुलाई मन्दिरको झल्को दिने र यसबाट दर्शकले लुम्विनी मायादेवी मन्दिरको अनुभुती गर्न पाउने आयोजकले वताएका छन ।
जिल्ला विकास समिति रुपन्देही, सिद्धार्थनगर नगरपालिका, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम र पशुपंक्षी बजार प्रवर्दन निर्देशनालय सहआयोजक रहेको महोत्सवमा करिब डेढ लाख दर्शकले अवलोकन गर्ने र करिब १० करोड रुपैयांको आर्थिक कारोबार हुने आयोजककले अपेक्षा गरेका छन ।

0 comments
तपाईंको प्रतिकृया