Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘लव टेष्ट’ आबिस्कार

बैज्ञानिकहरुले एक नयाँ ‘लव टेस्ट’ फर्मूला तयार पारेका छन्, जसले बैबाहिक सम्वन्धको सफलताका लागि नवदम्पत्तिलाई राम्रो गाइड गर्न सक्ने दावी गरिएको छ ।
अध्ययनका अनुसार साथीको तस्वीरको बारेमा एक अवचेतन प्रतिक्रिया विवाहको परिणाम जन्न उपयोगी सावित हुनसक्छ । जर्नल साइन्समा प्रकाशित अध्ययनका अनुुसार जुन मानिसको मनमा नकारात्मक कुरा आउँछ, केही वर्षपछि उनीहरुको सम्वन्धमा दराद आउने सम्भावना बढ्छ ।
धभममष्लनमुख्य शोधकर्ता फ्लोरिडा स्टेट यूनिभर्सिटीका प्रोफेसर जेम्सका अनुसार नयाँ अध्ययनले नवदम्पत्तिको एक अर्काप्रतिको साँेचबारे सही अनुमान लगाउन सकिने देखिएको छ । उनका अनुसार मनको यो कुरा विवाहका क्रममा तपाई खुसी हुनुभयो कि भएन भन्नेबारे अनुमान लगाउन निकै महत्वपूर्ण सावित हुनसक्छ ।
जेम्सको टोलीले विवाह लगतैका १ सय ३५ जोडीसँग कुराकानी गरेको थियो । शोधकर्ताहरुले उनीहरुलाई विवाहको मूल्यांकन सकारात्मक, नकारात्मक, राम्रो, नराम्रो, सन्तुष्ट र असन्तुष्ट कुन प्रकारले गर्नु भयो भनेर सोधेका थिए । त्यसपछि लव टेस्टको प्रयोग गरेर एकअर्काप्रति उनीहरुको मनको अबस्था मापन गरिएको थियो । जसमा एक पार्टनरको तस्वीर अर्कोलाई एक सेकेन्डको तेस्रो अंशसम्मका लागि देखाइएको थियो ।
त्यसपछि उनीहरुले जति सक्दो छिटो शानदार, आश्चर्यजनक, डरलाग्लो र भयानक मध्ये कुनै एक जवाफ दिनु पर्ने हुथ्यो । यो टेस्ट सम्वन्ध बनाउने मनोबैज्ञानिक सिद्धान्तमा आधारित छ । यो सिद्धान्तअनुसार विवाहमा सम्वन्ध बनाइएको मानिसहरुमा पार्टनरको तस्वीर क्षणभरका लागि हेरेपछि सकारात्मक वा नकारात्मक विचार आउँछ । एजेन्सी

0 comments

तपाईंको प्रतिकृया