Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘राजनितीक स्थीरता आवश्यक’

बुटवल २२ मंसिर – यातायात क्षेत्रको बिकासका लागी राजनितीक स्थीरता आवश्यकता रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।
सनिवार बुटवलमा भएको पश्चिम नेपाल बस ब्यबसायी संघको १९ औ साधारण सभामा सहभागीहरुले यस्तो बताएका छन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले संघले यातायात क्षेत्रमा योगदान पुराएको भन्दै  आगामी दिनमा यातायात सेवालाई अझै जनमुखि र प्रभावकारी बनाउन गरे ।
उनले  ब्यबसायीहरुलाई यात्रुप्रति उत्तरदायी हुन र सेवालाई प्रभावकारी एव यात्रु मैत्रि बनाउने दायित्व ब्यबसायीक संस्थाहरुको रहेको बताए । 
अन्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मिङमार लामाले यातायात ब्यबसायीका समस्यहरु स्थानीय तह बाट सम्वोधन हुन सक्ने अवस्था सम्म समाधान गरीने बताउदै नितीगत तहमा सम्वोधन हुनु पर्ने बिषयमा सकारात्मक दवाव श्रृजना गर्नु पर्ने बताए ।
संघका अध्यक्ष दधिराम खरेलको अध्यक्षता बरिष्ठ उपाध्यक्ष गणेश बहादुर भटराईको स्वागत तथा महासचिव जिवन कुमार बन्जाडेको सञ्चालनमा  सम्पन्न साधारण सभामा एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य भक्ति पाण्डे नेकपा एमाले रुपन्देहीका उपाध्यक्ष शिव सुवेदी नेपाली कांग्रेस केन्द्रिय  यातायात बिभागका सदस्य पे्रम नारायण खरेल नेकपा माओवादी रुपन्देहीका सह सचिव सरद वली  जनमोर्चा रुपन्देहीका सचिव दल बहादुर भण्डारी लगायतले बोल्दै यातायात क्षेत्रमा देखा परेका समस्या समाधानमा पश्चिम नेपाल बस ब्यबसायी संघ संग राजनितीक दलहरु साथ साथै रहेको र बिगतमा रहदै आएको सहयोग निरन्तर रहने बताए ।
कार्यक्रममा संघका पुर्व अध्यक्षहरु तुल्सिराम बन्जाडे , दामोदर ज्ञवाली सुर्य बहादुर भटराई, कृष्ण प्रसाद न्यौपाने रुपन्देही ब्यापार संघका अध्यक्ष टंक पोखरेल रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठक नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापती दिपक ज्ञवाली सिद्धार्थ यातायात ब्याबसायी समितीका अध्यक्ष दिपक राज शर्मा प्रेस सल्लाहकार दिनेश पाण्डे  मजदुर अगुवाहरु नारायण प्रसाद भटराई , मित्रबन्धु न्यौपाने , कृष्ण प्रसाद बेल्वासे कृष्ण प्रसाद कडेल, लक्ष्मण खतिवडा ब्यबसायी नारायण घिमिरे लगायतले आ आफ्ना धारणा ब्यक्त गरेका थिए ।
साधारण सभाले महासचिवको बार्षिक प्रगती  प्रतिबेदन तथा कोषाध्यक्ष पदम गाह द्धारा प्रस्तुत चालु आर्थिक बर्षको २२ करोड चौतीस लाख बरावरको अनुमानीत आयब्यय बिवरण लाई पारीत गर्नुको साथै गाडि मालीक  राहत कोषको नियमावली लाईद सर्व सम्मत पारित गरेको छ ।   अवसरमा संघले पत्रकार बिद्याथी तथा बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको थियो । 


0 comments

तपाईंको प्रतिकृया