बुटवल १ पुस । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा सोमबारदेखि बुटवलमा क्षेत्रीय स्तरको व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वालकृष्ण पन्थीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै प्रजिअ पन्थीले व्याडमिन्टन खेलको बिकासका लागि आफूले आफ्नो तहदेखि सक्दो प्रयास गर्ने बताए । उद्घाटन संगै सोमबार नै सिंगल तर्फ १४ वटा डवलमा १० वटा खेल भएका छन भने मंगलबार सिंगल र डवलका बाँकी खेल संगै भेट्रान्सका प्रतिस्पर्धा गराईएने प्रतियोगिताका संयोजक जविन कक्षपतिले जानकारी दिए । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिताका पश्चिमाञ्चलका बिभिन्न जिल्लाबाट १ सय २० टिमबाट २ सय ५० बढी खेलाडी सहभागि छन । पुरुष सिंगल, पुरुष डवल र भेटूान्स डवलमा खेलाईने प्रतियोगितामा पुरुष सिंगल तर्फ प्रथम पुरस्कार २० हजार दोस्रो पुरस्कार १० हजार तथा तृतीय पुरस्कार २ जनालाई जनही २ हजार ५ सय रुपैंया प्रदान गरिने छ भने डवलमा प्रथमलाई ३० हजार द्वितीयलाई २० हजार र तृतीय २ जनालाई जनही ५ हजार र भेटूान्समा प्रथमलाई २० हजार द्वितीयलाई १० हजार तथा तृतीय २ जनालाई ५÷५हजार रुपैंया पुरस्कार प्रदान गरिने छ । क्लवका अध्यक्ष श्याम पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपालव्याडमिन्टन संघका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, प्रतियोगिताका संयोजक जविन कक्षपती, क्लवका उपाध्यक्ष ईन्द्रलाल श्रेष्ठ, सचिव रमेशबहादुर थापा लगायतले बोलेका थिए ।
क्षेत्रीय स्तरको व्याडमिन्टन प्रतियोगिता शुरु

0 comments
तपाईंको प्रतिकृया