Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘देखेर उनलाई’ को रिलिज छिटै

बुटवल,१६ मंसिर  (सुपरखबर)। पप गायक हिमाल श्रेष्ठको दोस्रो एल्बमको ‘देखेर उनलाई’ गीतको म्युजिक भिडियो छिटै रिलिजको तयारीमा छ । पहिलो एल्बम ‘ट्रस्ट’ को ४ वर्षपछि नयां एल्बम लिएर आउंदै गरेका हिमालको नाम जुरिनसकेको यो एल्बममा  ‘ तिम्रो मुहार देख्दा’,‘नक्कली’,‘रातकी रानी’ र ‘शुरुवात’ लगायत गीतहरु समावेश रहने छन् ।
अष्ट्रेलियन मोडल होली स्मिथले  अभिनय गरेका कारण चर्चामा रहेको यो  म्युजिक भिडियोको  अघिल्लो शुक्रबार अष्ट्रेलियामा छायांकन भएको र आगामी पुष ८ गते रिलिज गरिने गायक श्रेष्ठले बताए । जविक केसीको शब्द र संगीतमा रोमान्टिक पप गीत समावेश म्युजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका हुन् ।  आइभीएम फिल्म्स्को प्रस्तुतिमा बजारमा आउने म्युजिक भिडियोले दर्शक–स्रोताको मन जित्ने निर्माण पक्षको विश्वास छ  ।  

0 comments

तपाईंको प्रतिकृया