औद्योगिक व्यापार तथा कृषी मेलाको संस्थागत अवलोकन
बुटवल ,१४ पुस । बुटवलमा जारी औद्योगिक व्यापार तथा कृषी मेलाको संस्थागतरुपमा पनि अवलोकन गरिएको छ । नेपाल हस्तकला ब्यवसायी महासंघका करिव १ सय व्यवसायीले आज मेलाको अवलोकन गरेका छन ।
महासंघका निर्वतमान अध्यक्ष किरण बहादुर खड्गीको नेतृत्वमा आएको टोलीलाई मेलाका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले स्वागत गरेका थिए । त्यस अवसरमा महासंघका निवर्तमान अध्यक्ष खड्गीले बुटवलको मेला नेपालका व्यवसायीका लागि सिक्ने थलो भएको र यस क्षेत्रबाट के के सामान निकासी गर्न सकिन्छ भनी अध्ययन अवलोकनका लागि आएको बताए । उनले मेला निकै व्यवस्थित र बिधिताले पुर्ण भएकाले सबै किसीमका दर्शक तथा उपभोक्ताहरुले प्रबिधि, सीप र अवसर लिन सक्ने बताए ।
नेपालमा हस्तकलाका सामानहरुको उत्पादन बढ्दै गएपनि गुणस्तरीयतामा बृद्धि नभएकाले अन्र्तराष्टिय बजारमा माग बढ्न नसकेको उल्लेख गर्दै यस्ता मेला महोत्सवले गुणस्तरलाई पनि ध्यान दिनुपर्ने बताए । संयोजक श्रेष्ठले हस्तकलाको व्यापारसंगै गुणस्तरमा सुधार ल्याउन संघले अन्य समयमा पनि तालिम गोष्ठिहरुको आयोजना गर्नुका साथै मेलामा छुट्टै प्याभिलियन बनाएर बिशेष स्थान दिएको जानकारी दिए ।
त्यसै गरी तनहु उद्योग बाणिज्य संघका कोषाध्यक्ष बलराम घिमिरेको नेतृत्वमा आएको तनहुका व्यवसायीहरुको टोलीले पनि मेलाको अवलोकन गरेको छ । त्यस्तै कोहलपुर उद्योग ब्यापार संघका अध्यक्ष चिन्तामणि धिताल नेतृत्वमा आएको कोहलपुरका व्यवसायीहरुको टोलीले पनि मेलाको अवलोकन गरेको छ । बुटवल उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघको संयुक्त आयोजनामा पुस ९ गतेदेखि बुटवलमा संचालित औद्योगिक व्यापार तथा कृषि एवं पर्यटन मेला २१ ग्तेसम्म चल्ने छ ।

0 comments
तपाईंको प्रतिकृया