Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘इको टुरिजम’को सम्भावित गाउं जल्पा (फोटा फिचर सहित)

रुद्रहरि कुंवर बुटवल ६ पुस । चारै तिर हरियाली । घर, चोक सफासुग्घर । पाल्पा सदरमुकाम तानसेन देखी करिव ४० किलोमिटर पुर्वमा पर्छ सुन्दर गाविस जल्पा । उक्त गाविसको वडा नं ४ र ८ वडामा पुग्ने जो कोहीलाई आनन्दीत बनाउ“छ त्यहा“को वातावरण र स्थानियको न्यानो स्वागत र सत्कारले । दुई वर्ष अघि सम्म उक्त गाउ“ उराठ लाग्दो थियो । जता हेरयो त्यतै नाङगो । स्थानियको सक्रियतामा नाङ्गो पाखामा वृक्षारोपण गरिएपछि बनको मात्र होईन गाउकै मुहार फेरिएको छ । कवुलियती वन विकास कार्यक्रम संचालन भएपछि ति गाउंका मुहार फेरिएका हुन । कवुलियती वन तथा पशु विकास कार्यक्रम हव कार्यालय पाल्पाको प्राविधीक सहयोग तथा जिल्ला वन तथा भु संरक्षण कार्यालय र गाविसको आर्थिक सहयोगमा खाली स्थानमा वृक्षारोपण गरिएको हो ।
जल्पा गाविसको वडा नं ८ ढोलीमारा र ४ मैदानमा २ वर्ष अघि वृक्षारोपण गरिएको थियो । कवुलियती वन अन्तर समूहका अध्यक्ष पहलसिंह घर्तिले हाल करिव ३०  हेक्टर क्षेत्रमा वृक्षारोपण गरिएको बताए । उनका अनुसार ६५ हजार अम्रिसो, ८ हजार तेजपात र ३ हजार ५ सय टिमुरको विरुवा लगाईएको छ । स्थानिय जनसमुदायको आर्थिक अवस्थामा समेत सुधार ल्याउने उदेश्यका साथ वृक्षारोपण गरी वातावरण नै हरियाली वनाएको उनले वताए । कवुलियती वन कार्यक्रमवाट ६५ घर परिवार प्रत्यक्ष लाभान्वित हुने बताइन्छ । बृक्षारोपण गरिएको स्थान लामो समयदेखी प्रयोगविहिन थियो । अहिले कवुलीयती वन कै कारण इको पर्यटनको सम्भावना बोकेको छ । संरक्षणको अभावमा वर्षेनी नाङगीदै गएको उक्त स्थान अहिले पर्यटनलाई आकर्षित गर्ने स्थलको रुपमा विकसित भएको हो । इको टुरिजमको सम्भावना रहेकाले आन्तरिक तथा वाह्य पर्यटक भित्राउन सकिने आधारहरु तयार भएको स्थानिय बताउ“छन । हरियो वनलाई नियाल्दै ट्ेकिङ गर्न सकिने त्यहा“ घुम्न पुगेकाहरु बताउ“छन ।
केही दिन अघि उक्त स्थान घुम्न पुगेका वुटवल –१० का रेवत बहादुर सिंजाली उक्त गाउ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने आधारहरु प्रसस्त रहेको बताउ“छन । उनि भन्छन– हरियाली वन नियाल्दै ट्ेकिङको मज्जा लिन सकिन्छ ।’ जन्मस्थान जल्पा –८ ढोलीमारा भएका सिंजाली पहिलेको तुलनामा उक्त गाउं धेरै विकसित भएको बताए । ‘नाङगो ठाउ पुरै हरियाली भएछ, स्थानियको आर्थिक स्तरमा पनि वरिवर्तन देखे ।’ उनले भने । उनले पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गरिएको खण्डमा ति क्षेत्रलाई इको पर्यटनको रुपमा विकास गर्न सकिने बताए । समुन्द्र सतहदेखी १३ सय देखी १७ सय ३० मिटर उचाईमा रहेको जल्पाको त्यो सुन्दर गाउ नजिकै मोटरवाट पुगेको छ । त्यस पछि ट्ेकिङ मार्फत जल्पाका सुन्दर गाउ घुम्न सकिन्छ । उक्त गा“उ उच्च स्थानमा रहेकाले त्यहा“वाट करिव १६ जिल्ला अवलोकन गर्न सकिने स्थानीयबासी बताउ“छन ।
तस्वीर सौजन्य : रेवत वहादुर सिंजाली

0 comments

तपाईंको प्रतिकृया