Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कांग्रेस एमालेलाई सभाषद छान्न 'महाभारत'

सुपरखबर संवाददाता
बुटवल २३ मंसिर– संविधान सभाको निर्वाचनवाट  पहिलो र दोश्रो ठूला दलको हैषियत बनाएका नेपाली कांग्रेस र नेकपा एमालेलाई समानुपातिक तर्फको सभासदको नाम सिफारिश गर्न 'महाभारत' भएको छ ।
सभाषद बन्ने आकाक्षी नेताहरुको संख्या नघटेपछि उनिहरुलाई सभासद छान्न हम्मे हम्मे भएको छ । ति दलहरुलाई प्रत्यक्ष तर्फको टिकट बाड्न पनि यस्तै परेको थियो । बल्खुमा चाप धान्न गाह्रो भएपनि एमालले आकाक्षीलाई गाउ“ फर्कन निर्देशन नै दिएको थियो ।
यद्यपी ति नेताहरु गाउ पर्केका छैनन बरु उनिहरु कुन न कुनै नेताको पछि लागेर सभाषदको लाईन मार्ने दाउमा राजधानी मै भेटिन्छन ।  निर्वाचन आयोगले मंसिर २५ गते भित्र समानुपातिक तर्फका सभाषदको नाम सिफारिस गर्न समय अवधी दिएको छ । सबैभन्दा ठूलो दल वनेको कांग्रेसलाई समानुपातिक तर्फ  ९१ र एमालेको भागमा  ८४ सभाषद परेको छ । सभाषद सिफारिसको क्रममा नेपाली कांग्रेसमा गुटको प्रभाव देखिएको छ । सभापति सुसिल कोईराला र वरिष्ट नेता शेर वहादुर देउवा पक्ष धरका शिर्ष नेताहरु सभासद छान्न छुट्टा छुट्टै बैठक वसेका छन । संसदीय बोर्डको दुई दिनयता जारी वैठकमा संस्थापन पक्ष र नेता देउवा पक्षधर नेताहरुवीचमै क–कसलाई सभासदमा बनाउने भन्नेमा विवाद भएपछि दुवैपक्ष आन्तरिक छलफलमा जुट्न लागेका हुन् ।

संस्थापन पक्षधर नेताहरुवीच सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा विहानैदेखि छलफल गरिरहेका छन् । संसदीय बोर्डमा प्रत्यक्षतर्फवाट पार्टीको प्रतिनिधित्व भएका २१ जिल्लालाई संविधानसभामा प्रतिनिधित्व गराउने पर्ने, मधेशी, जनजाति, द्वन्द्वपीडित, विभिन्न संगठन लगायत सबैको प्रतिनिधित्व हुनुपर्ने कुरा चर्को रुपमा उठेपछि आ–आफ्ना पक्षवाट सभासदका लागि कसलाई सिफारिस गर्ने भन्ने विषयमा देउवा पक्षले आफ्नो पक्षको बैठक बोलाएको हो ।
उता एमालेलाई पनि सभाषद छान्न हम्मेहम्मे भएको परेको छ । अध्यक्ष झलनाथ खनाललाई एक्याउने गरी नेता माधव कुमार नेपाल र केपी ओलीले आफ्नो पक्षका नेताहरुलाई सभाषद वनाउन कसरत गरिरहेका श्रोतको भनाई छ । तेश्रो दलमा सिमित हुनु पुगेको एमाओवादीले भने सभाषद चुन्नको लागी औपचारिक वैठक बसेको छैन । निर्वाचनमा धाधली भएको र त्यसलाई छानविन गर्नको लागी आयोग वनाउन माग गरिरहेको उक्त पार्टीले छानविन आयोग नबनाए समानुपातिक तर्फको लागी सभाषद नपठाउने घोषणा गरि सकेको छ । एमाओवादीको भागमा समानुपातिक तर्फ ५४ जना सभाषद परेका छन । अन्य दलहरु मध्ये केहीले सभाषदको लागी नाम सिफारिस गरी सकेका छन भने केही गृहकार्य मै जुटिरहेका छन ।

0 comments

तपाईंको प्रतिकृया