Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कुस्तीमा नेपाली पहलमानको बर्चस्व

नवलपरासीका बाबा केशवदास भए च्याम्पीयन
भैरहवा, २६ मसिंर ।  नेपालमा लोप हुदै गईरहेको कस्ती खेल प्रतियोगिता नेपाली खेलाडिले बचश्व कमाएका छन् ।
भैरहवामा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७० मा भएको कुश्ती प्रतियोगितामा  नवलपरासीका बाबा केशवदास प्रथम, नेपाली मुलका भारतीय पहलवान शंकर थापा दोश्रो तथा नेपाल रुपन्देहीकै पहलवान राजेन्द्र यादव तेश्रो भएको कुश्ती प्रतियोगिताका संयोजक करुणा निधी त्रिपाठीले जनाएका छन ।
 महोत्सवमा भएको कुस्ती प्रतियोगिताको बुधवार सम्पन्न फाईनलमा बाबा केसवदासले भारत राजस्थानका मदन र मौजिदियाका राज बहादुर पहलवानलाई हराउदै च्याम्पीयन भएका हुन् । उनी  ३० हजार नगदबाट पुरस्कृत भएका छन् ।
त्यस्तै भारतको हिमाञ्चल प्रदेसमा शंकर थापा प्रतियोगितामा द्धीतीय भएका छन् । फाईनलमा थापाले पजांवका असोक र दिल्लीका बिक्कीलाई हराएका थिए । उनलाई २० हजार नगद सहीत पुरस्कृत गरीएको कुस्ती सायोजक करुणा निधी त्रिपाठीले बताए । बिहारका जोगेन्द्र यादवलाई पछि पार्दै रुपन्देही मर्चवारका राजेन्द्र यादव तृतीय भएका छन् ।
 तृतीय यादवलाई १५ हजार पुरस्कार पाएका छन् भने महराजगंजका जितेन्द्र यादव सान्तवना भएका छन् । उनलाई सान्तवना पुरस्कार १० हजार प्रदान गरीएको कुस्ति प्रतियोगीताका सयोजक त्रिपाठीले जानकारी दिए । महीला तर्फ लखनौकी सोनीलाई हराउर्दै कानपुरकी चित्रा थापा प्रथम भएकी छिन् । भारतकै मोनिका द्धीतीय र प्रीती तृतीय भएका छन् । महीला तर्फ प्रथम, द्धीतीय र तितृयले क्रमस १५ हजार, १२ र ८ हजार पुरस्कार पाएका छन् । तिन दिनसम्म चलेको प्रतियोगीतामा भारतका ४० पहलवान सहीत नेपालका ३० भन्दा बढी पहलवानहरु सहभागी भएका थिए ।

0 comments

तपाईंको प्रतिकृया