सिंगापुरलाई पराजित गर्दै नेपाल जर्नी टु वर्ल्डकपको फाइनलमा
काठमाडौं २१ मंसिर । सिंगापुरलाई २ सय २७ रनले पराजित गर्दै नेपाल जर्नी टु वर्ल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले व्याटिङ गरेको नेपालले ४५ ओभरमा ८ विकेटको क्षतिमा ३ सय १३ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले अविजित ९१ रन बनाए भने सुवास खकुरेलले ७५ रन बनाए । अनिल मण्डलले ५८ रन बनाउँदा ज्ञानेन्द्र मल्लले ४८ रन जोडे ।
जवाफमा मैदान उत्रिएको सिंगापुर १७।१ ओभरमा ८६ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामी र राजकुमार प्रधानले समान ३(३ विकेट लिए भने वसन्त रेग्मी र जितेन्द्र मुखियाले २(२ विकेट लिए ।

0 comments
तपाईंको प्रतिकृया