‘आर्थिकरुपमा सक्षम बनाए समस्या समाधान’
बुटवल १६ पुस– स्थानिय मिडियालाई शसक्त बनाउन आर्थिकरुपमा सबल हुनु पर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।
प्रेस काउन्सील नेपाल र नेपाल पत्रकार महासंघ रुपन्देहीको संयुक्त आयोजनामा मंगलवार बुटवलमा भएको ‘स्थानिय मिडियाको समस्या र समाधानको उपाय’ विषयक अन्तत्र्रिmया कार्यक्रममा सहभागी मिडिया संचालक तथा पत्रकारहरुले मिडिया आर्थिकरुपमा सक्षम भए समस्या त्यसै समाधान भएर जाने बताए ।
उनिहरुले सरकारले उपलव्ध गराउने लोक कल्याणकारी विज्ञापन समानुापतिक वितरण र स्थानिय निकायका विज्ञापन स्थानिय पत्रिकालाई अनिवार्य रुपमा उपलव्ध गराउन एकतावद्ध भएर जान जरुरी रहेको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सीलका सदस्य खिला भण्डारीले स्थानिय मिडियालाई शसक्त वनाउन काउन्सीलले विज्ञापन वितरणलाई एकद्धारा प्रणालीमा लैजान पहल भएको बताए ।
पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल संयोजक, अकोरावका अध्यक्ष मोहन चापागाईले इलेक्टोनिक्स मिडियालाई पनि छापा माध्ययमका मिडियालाई समान सुविधा दिनु पर्ने बताए । काउन्सीलका वरिष्ठ प्रशासक जगदिश पौडेलले अन्तरक्रियावाट उठेका समस्याहरुलाई लिपिवद्ध गरी समस्या समाधानको लागी पहल गरिने बताए ।

0 comments
तपाईंको प्रतिकृया