Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दलहरुबिच चार बुँदे सहमति

काठमाडौं, ९ पुस – मुख्य तिन राजनितीक दलहरु विच ४ बुँदे सहमति भएको छ ।  नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी बिच ४ बुँदे सहमति भएको हो ।

मंगलबार विहान भएको भएको तीन दलको छलफलमा स्थायी प्रकृतिको राजनीतिक समिति बनाउने, ६ महिनाभित्र मस्यौदा तयार गरी एक वर्षभित्र नयाँ संविधान जारी गर्ने, चुनावमा भएको  धाँधलीको अध्ययन गर्न संविधानसभा भित्र समिति बनाउने र जतिसक्दो चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने सहमति भएको एमाले नेता रघुजी पन्तले जानकारी दिए ।

 उनका अनुसार  दलहरु बिच भएको सहमतिको बुँदालाई अपरान्ह संविधानसभामा सहभागी हुने सबै दललाई जानकारी गराएर औपचारिक रुप दिईने छ । छलफलको लागि अपरान्ह तीन बजे शान्तिकोषको सचिवालय बबरमहलमा सबै दललाई बोलाइएको उनको भनाई छ । ४ वुदे सहमतीसँगै एमाओवादी संविधानसभामा सहभागी हुने निश्चित भएको छ ।

0 comments

तपाईंको प्रतिकृया