कांग्रेस नेतृत्वमा मात्र संविधान: सिंह
बुटवल,१६ पुस। नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले कांग्रेस नेतृत्वको सरकारले मात्र संबिधान जारी गर्न सक्ने दावी गरेका छन । उनले निर्वाचनले नेपाली कांग्रसलाई सरकार र संबिधान सभाको समेत नेतृत्व गर्ने म्यानडेड दिएको बताउँदै कांग्रेस सरकारले लोकतान्त्रिक संबिधान बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
कांग्रेस रुपन्देहीले ३८ औं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रस महामन्त्री सिंहले विपीले ३७ वर्ष पहिले भारतमा निर्वासित जिवन बिताएर नेपाल फर्केका कारण मुलुकमा यो परिवर्तन सम्भव भएको भन्दै परिवर्तनका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताए ।
नवनिर्वार्चित संबिधान सभाका सदस्य तथा पूर्व अर्थ अज्य मन्त्री भरतकुमार शाहले संबिधान र मुलुकको आर्थिक बिकासका लागि कांग्रेसको सरकार आवश्यक रहेको बताएका थिए ।
पार्टीका सभापति तथा संबिधान सभाका नवनिर्वार्चित सदस्य अव्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका पूर्व सभापति रामचन्द्र ढकाल, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, महासमिती सदस्य तथा बिपी वाचनालयका अध्यक्ष युवराज गिरी, सदस्य हरिध्वज मल्ल, लक्ष्मण सुवेदी, ओमकुमार श्रेष्ठ, दलबहादुर बिक, बलराम शर्मा, जिल्ला सचिव हिराबहादुर केसी लगायतले धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव रामकृष्ण खाँणले गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया