Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सभासद सिफारिस गर्ने म्याद ५ दिन थप

काठमाडौं १० पुस । निर्वाचन आयोगले समानुपातिक सभासद सिफारिसको समय ५ दिन थपेको छ ।
प्रमुख दलहरुको आग्रहमा समानुपातिक सभासद सिफारिस गर्ने समय पुस १५ गतेसम्म म्याद थपिएको निर्वाचन आयोगले जनाएको हो । सभासद सिफारिस गर्ने समय थप गरिएको यो तेस्रो पटक हो ।

निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ४ बुँदे सहमतिसँगै सुरु भएको सहमतीय राजनीतिलाई अगाडि बढाउने उद्देश्यस अन्तिम पटकको लागि थप पाँच दिन समय दिएको जानकारी दिए ।

निर्वाचन आयोगले पछिल्लोपटक थपेको ७ दिनको समय बुधबारसम्म थियो भने मंगलबार अपरान्ह बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले थप ५ दिन म्याद थप्न आयोगलाई आग्रह गरेको थियो । प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले अझैसम्म समानुपातिक सभासद चयन गर्न सकेका छैनन् ।

0 comments

तपाईंको प्रतिकृया