Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘कर्तव्यमुखी मानवअधिकार अभियान संचालन गर’

बुटवल,५ पुस। मानव अधिकारकर्मीहरुले मानवअधिकार मात्र होइन कर्तव्यमुखी मानवअधिकार अभियान संचालन गर्न आवश्यक रहेको एक कार्यक्रममा बोल्ने वक्तहरुले जोड दिएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० रुपन्देहीको आयोजनामा शुक्रबार बुटवलमा भएको नेपाल मानवअधिकार वर्ष पूस्तक २०१४ को प्रकासन पूर्व समिक्षा कार्यक्रममा सहभागीहरुले अधिकारको विषयमा व्यापकरुमा आवाज उठेपनि कर्तव्यको वारेमा मौन रहेको वताए । उनिहरुले मानवअधिकार संगै आर्थिक सामाजिक र सांस्कृतिक अभियान जरुरी रहेकोमा जोड दिए । कार्यक्रमका सहभागीहरुले मानवअधिकारसंगै अब कर्तव्यमुखी अभियान जरुरी रहेको र मानवअधिकार वर्षपुस्तकमा यससम्बन्धी घटनाहरु उठान गर्नुपर्ने बताए । राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका अनुसन्धान अधिकृत चन्द्रकान्त चापागाईले मानवअधिकार वर्षपूस्तक मानवअधिकारको क्षेत्रमा एउटा साझा दस्तावेज रहेके भन्दै त्यसको गरिमा अझ बढाउन पनि आर्थिक, सामाजिक अधिकारका क्षेत्रमा अभियान जरुरी रहेको उल्लेख गरे । इलाका प्रहरी कार्यालय वुटवलका प्रहरी नायव उपरिक्षक राजकुमार बैदबारले मानवअधिकारका लागि आफुहरु प्रतिबद्ध रहेका बताउँदै कतिपय असमझदारीका विषयमा प्रहरीलाई झक्झकाउन जरुरी रहेको पनि बताए । आफुहरु मानवअधिकारको क्षेत्रमा सहकार्य गर्न तयार रहेको र मानवअधिकार मैत्री ब्यबहारका लागि प्रतिबद्ध रहेको बताए । नेपाली काग्रेसका जिल्ला सदस्य तथा क्षेत्रिय सभापति हरिबहादुर आचार्य क्षेत्रीले आफ्नो पार्टी मानवअधिकारका लागि सधै प्रतिबद्ध रहेको र मानवअधिकार विरुद्ध संलग्न हुने कसैलाई पनि संरक्षण नगर्ने प्रतिबद्धता जनाए । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य बलबहादुर आचार्यले मानवअधिकार वर्षपुस्तक मानवअधिकारको क्षेत्रमा एउटा साझा दस्ताबेज जस्तै भएकाले यसमा समाबेश हुने घटनाहरु सकेसम्म छुटन नहुने र तथ्यपरक हुनुपर्नेमा जोड दिए । एनेकपा माओवादीका जिल्ला सचिवालय सदस्य प्रेम गुरुङले मानवअधिकारको सम्मानका लागि आफ्नो पार्टी सधै प्रतिबद्ध रहेको बताए । जवाफदेहीता निगरानी समितिका सहसंयोजक गोविन्द खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपसभापति रामराज पोखरेल, एड्भोकसी फोरमका अधिबक्ता युवक रेग्मी, माहुरीहोमका कार्यक्रम संयोजक रामविकास चौधरी, दलित अगुवा इन्द्रजीत विक, सिर्जनशिल समाजका रिमा बिसी, काहुरास्टका सह–सचिव रुद्रहरि कुवँर, नेपाल बार एशोसिएन बुटवलका सदस्य सूर्य श्रेष्ठ आजाद, महिला अधिकार रक्षक सञ्जालकी सदस्य कल्पना तिवारी, सक्रिय पत्रकार महिला समूहकी अध्यक्ष भगवती पाण्डे, मानवअधिकार तथा शान्ति समाज चितवनका सभापति राजेन्द्र शर्मा, मानवअधिकार तथा शान्ति समाजका डीवी खनाल लगायतले बोल्दै वर्षपुस्तक जुन साझा दस्तावेजका रुपमा विकास भएको छ त्यसको गरिमा बढाउन सुझाब दिएका थिए । इन्सेक रुपन्देहीका प्रतिनिधि अमृत गिरीले मानवअधिकार वर्षपुस्तकमा समाबेश गर्न संकलन गरिएका विभिन्न घटनाहरुको विबरणसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन जवाफदेहीता निगरानी समितिका सदस्य तथा माहुरीहोमका रिमा बिसीले गरेका थिए । इन्सेकको वर्षपुस्तक हरेक वर्ष फागुुन ७ गते प्रजातन्त्र दिवसका अबसरमा प्रकाशन गर्छ ।

0 comments

तपाईंको प्रतिकृया