Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादी सहित १६ दल आन्दोलनको तयारीमा

बुटवल १७ मंसिर – एमाओवादी सहितका दलहरुले निर्वाचनको छानविन नभएसम्म संविधानसभामा नजाने गरी मोर्चा बनाएर आन्दोलनको तयारी गरेका छन् ।
 एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको १६ दलको बैठकले मोर्चा बनाएर आन्दोलनमा जाने निर्णय गरेको छ । आन्लोलनको स्वरुपवोर केही जानकारी गराईएको छैन । यद्यपी निर्वाचन आयोगले गरेको कार्यक्रम वहिस्कार गर्न सवैदल सहमत भएका छन । बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले निर्वाचनमा धाँदली भएको भन्दै बैठक बहिस्कारको प्रस्ताव राखेका थिए।

 एकीकृत नेकपा माओवादीसहितका निर्वाचन परिणामप्रति असन्तुष्ट दलहरु निर्वाचन आयोगले बोलाएको बैठकमा सहभागी नहुने भएका छन् । समानुपातिक निर्वाचन प्रणालीमा दलहरुले पाएको मत र सिटबारे जानकारी दिन निर्वाचन आयोगले मंगलबार दलहरुलाई बोलाएको छ । धाधलीको प्रमाणहरु भेटिएपनि आयोगले पुनरावलोकनको मागमा चासो नदिएको एमाओवादीले जनाएको छ ।
छानविन नभएसम्म समानुपातिक र प्रत्यक्ष दुबै निर्वाचन प्रक्रियामा सहभागी नहुने ति दलहरुले जनाएका छन । अर्को बैठक बुधबार बोलाइएको छ ।

0 comments

तपाईंको प्रतिकृया