मेलामा ९ करोडको कारोबार
भैरहवा, १ पुस । स्थानीय बजारमा खरिद गरौ, स्थानीय बजारको प्रबद्र्धन गरौ, स्वदेशी वस्तुको प्रयोग गरौ स्वाभिमानी नेपालीको पहिचान बनाऔ भन्ने मुल नाराका साथ भैरहवामा स्थित स्थानिय सिद्धार्थ रंगशालामा जारी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला कृर्षी तथा पर्यटन महोत्सवमा ९ करोडको आर्थिक कारोबार भएको छ । मंसिर २१ गतेदेखी मेला शुरु भएको थियो । सोमवार सम्म महोहत्सवम रहेका २५० स्टलबाट अपेक्षा गरेअनुसारकोे कारोबार भएको महोत्सव मुल आयोजक समितीका सदस्य तथा आर्थिक समितीका संयोजक अनिल ज्ञवालीले जानकारी दिए । मेलामा करिव करिब १ लाख २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएका छन् । सोमबार महोत्सव परिसरमा दोहरी गायककार पसुपति शर्मा र पार्वती जिसीले दिनभर मनोरन्जन दिएका सास्कृतिक उपसमिती संयोजक आसा गुरुंगले बताए । रंगारंगी आतिसबाजी सहित समापन हुने भैरहवामा संचालित तेस्रो औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको मंगलवार मंगलबार रंगारंगी आतसबाजी सहित समापन हुदैंछ । आज दिउसो दिउसो २ बजे शुरु हुने मेलाको समापन समारोहमा सहभागी स्टललाई प्रमाणपत्र वितरण, उत्कृष्ट चार जना उद्योगी र ४ जना सञ्चारकर्मीलाई सम्मान, औद्योगिक जनचेतना ¥यालीका विजेतालाई कार्यक्रमका प्रमुख अतिथी कृष्ण आचार्यले पुरस्कार प्रदान लगायतका कार्यक्रमहरु रहेका छन् । महोत्सवको मंसिर २१ गते जनकलाकार वरिष्ठ हास्य व्यंग्यकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट उद्घाटन भएको थियो । समापन कार्यक्रमका दिन पनि स्थानीय कलाकारको प्रस्तुति र सांझ आतिसवाजी र नाचगानसहित महोत्सवको अन्त्य गरिने आयोजकले महोत्सव मुल आयोजक समितीका संयोजक मनिष कुमार जोसीले जानकारी दिए ।


0 comments
तपाईंको प्रतिकृया