Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादीले समानुपातिक सूची बुझायो

काठमाडौं, १५ पुस  –एमाओवादीले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ । विवादका विच एमाओवादी नेता पोस्टबहादुर बोगटी, वर्षमान पुनलगायतले सोमबार साँझ आयोगमा पुगेर समानुपातिक सूची बुझाएका हुन् ।

आयोगमा सूची बुझाएपछि बाहिरिएका नेता वर्षमान पुनले कुनै पनि पुराना सभासद् नदोहोरिएको बताए। उनले एमाओवादीबाट २७ महिला र २७ पुरुषको नाम आयोगमा बुझाइएको बताए । केन्द्रीय समितिले समानुपातिक सभासदको टुंग्गो लगाउने जिम्मा अध्यक्ष सहित पूर्वपदाधिकारीलाई दिएको थियो ।

एकीकृत नेकपा माओवादीको समानुपातिक सभासद् चयनमा विवाद देखापरेको छ । समानुपातिक सभासद्को नाम टुंगो लगाउन प्रचण्ड निवास लाजिम्पाटमा आज बसेको केन्द्रिय कार्यालयको बैठकमा विवाद उत्पन्न भएपछि नेताद्वय डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका छन् ।
पार्टी अध्यक्ष प्रचण्डले एकलौटी रुपमा निर्णय गर्न खोजेको भन्दै दुई नेताले बैठक बहिस्कार गरेका एमाओवादी स्रातले बताएको छ । प्रत्यक्षतर्फ २६ सिट जितेको एमाओवादीले समानुपातिकमा ५४ सिट जितेको थियो ।

0 comments

तपाईंको प्रतिकृया