Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मेलामा दर्शकको घुईचो, कलाकारले तताए भैरहवा

भैरहवा, २२ मंसिर । नेपाल राष्ट्यि उद्योग व्यापार संगठनको आयोजनामा भैरहवामा जारी तेस्रो राष्ट्यि औद्योगीक व्यापार मेला तथा पर्यटन महोत्सवमा शनिवार दर्शहरुको घुईचो लाग्यो । सनिवार पनि भएकाले दिनभर दर्शककको घुईचो लागेको आयोजकले वताए । “स्थानीय बजारमा खरिद गरौ स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौ, स्वाभिमानी नेपालीको पहिचान बनाऔ ।” भन्ने नाराका साथ  सुरु भएको मेलाको दोश्रो दिन दशकहरुको घुईचो लागेको थियो ।
संगठनका अध्यक्ष एवं मेला आयोजक मुल समितीका संयोजक मनिष कुमार जोशीले दोस्रो  दिन दर्शकको घुइचो लागेको जानकारी दिए । मेलामा  करिव १० लाख बराबरको कारोवार भएको अनुमान गरिएको छ । 
कलाकारहरुले सिनवारको मेला निकै तताएका थिए । पुस छोप्न लागेको मंसिरको जाडोमा मेला स्थल पुग्ने दर्शकलाई कलाकारको प्रस्तुतीले तताएको थियो ।  राष्ट्यि लोकदोहरी क्षेत्रमा ख्याती कमाएका  राधिका हमाल, राष्ट्यि लोक दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष चन्द्र शर्मा तथा अर्का राष्ट्यि कलाकार नविन पौडेलले दर्शकलाई छमछमी नचाएका थिए । गायिका राधिका हमालको ढल्केयो जवानी तथा गायक नविन पौडेललको सत्य खान्छु कसम बोलको गितले दर्शकहरुलाई छम छमी नचाएको सास्कृतीक संयोजक आशा गुरुगले जानकारी दिए । 
करिव २ सय ५० वटा स्टलल रहेको मेलामा विशेष आर्कषको रुपमा  मायादेवि पेभिलियन समेत  रहेको छ । जसमा विभिन्न आईटी सम्बन्धी विषयबस्तुको साथै पर्यकहरुको लगि विशेष सूचना स्थल र विभिन्न स्थानहको वारेमा जानकरी दिने टुर गाईड समेत राखिएको छ । महोत्सवमा  स्वदेशी तथा विदेशी औद्योगिक उत्पादन, सुचना प्रविधि, अटो, कृषि, तयारी पोशाक,छालाजन्य बस्तु, खाद्य पदार्थ, रेष्टुरेन्ट, मनोरञ्जन, वित्तिय क्षेत्र लगायतका गरी २ सय ५० स्टलहरु रहने  सचिवालय संयोजक नारायण भण्डारीले बताए ।
 मेलामा  स्थानिय कलाकारहरु तथा राष्ट्यि कलाकारहरु ले भरपुर मनोरन्जन प्रदान गरेक मेलामा चितवन केरा व्यसयायी संघ द्धरा उत्पादित केराको विभिन्न परिकारहरुमा दर्शकहरुको विशेष  अर्काषण रहेको छ ।


0 comments

तपाईंको प्रतिकृया