समानुपातिक सभासद सिफारिस गर्न आयोगद्वारा म्याद थप
काठमाण्डौ २५ मंसिर । निर्वाचन आयोगले संविधान सभामा प्रतिनिधित्व गरेका दलहरुलाई समानुपातिक सभासद सिफारिसका लागि म्याद थप गरेको छ । आयोगले दलहरुको आग्रहमा समानुपातिक सभासद सिफारिसका लागि पुस ३ गतेसम्मको समय दिइएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार आयोगमा अहिलेसम्म साना ८ दलले मात्रै समानुपातिक सभासदको सूची बुझाएका छन् ।
समानुपातिकतर्फका सभासदहरु सिफारिस गर्नेमा समाजवादी प्रजातान्त्रिक जनता पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल, जनजागरण पार्टी नेपाल, नेपाः राष्ट्रिय पार्टी र अखण्ड नेपाल पार्टी रहेका छन् ।
यसअघि सोमवार प्रमुख दल नेपाली काँग्रेसले एमाओवादीसहितका असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउनका लागि प्रयास भइरहेको भन्दै निर्वाचन आयोगलाई पाँच दिनको समम थप गर्न आग्रह गरेको थियो ।
एमाओवादीले निर्वाचनमा भएको भनिएको धाँधलीको छानविन नभएसम्म समानुपातिकतर्फका सभासदको सिफारिस नगर्ने वताउँदै आएको छ भने काँग्रेस र नेकपा एमालेले भने पार्टीभित्रको आन्तरिक समस्याका कारण अझैसम्म समानुपातिक सभासदको सूचि निर्वाचन आयोगलाई बुझाउन सकेका छैनन् । संविधानसभा निर्वाचनमा भाग लिएका १ सय २२ मध्ये ३० दलले संविधानसभामा प्रतिनिधित्व पाएका छन् ।

0 comments
तपाईंको प्रतिकृया