Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फेसबुकमा अब ‘साहनुभूति’पनि

तपाईलाई थुप्रैपटक धर्मसंकट परेको हुनसक्छ– फेसबुक फ्रेन्डको दुःखको खवरमा कसरी लाइक गर्नु ? साथीलाई साहनुभूति दिन पाए हुन्थ्यो भन्ने लागिरहे पनि फेसबुकमा त्यस्तो अप्सन उपलब्ध छैन् ।
यही अप्ठेरोलाई ध्यान दिँदै फेसबुकले ‘लाइक’को विकल्पमा रुपमा ‘सिम्पथाइज’ बटम विकसित गरेको छ, जसलाई प्रयोगकर्ताहरुले कुनै खास स्थिमिा प्रयोग गर्न सक्छन् ।
अब कुनै प्रयोगकर्ताले फेसबुक मा स्टाटस अपेडटमा नेगेटिभ इमोशनको विकल्प प्रयोग गरेको भए लाइक बटम ‘सिम्पथाइज’ मा परिर्वतन हुनेछ । फेसबुकका एक इन्जिनियरले कम्पनीको एक कार्यक्रममा बताएअनुसार यो बटम उक आन्तरिक परियोजनामा विकशित गरिएको हो ।
यद्यपि यसलाई तत्कालै प्रयोगमा ल्याउने योजना छैन । फेसबुकले कम्प्यासन रिसर्च डेको आयोजना पनि गरेको थियो, जसमा प्रयोगकर्ता र शोधकर्ताको राय समेत मागिएको थियो । जसमा एकले यदि फेसबुक प्रयोगकर्ताले आफ्नो परिवारजनको मृत्युको खबर पोष्ट गरेको छ भने लाइकको विकल्प सही नभएको बताएका थिए ।

0 comments

तपाईंको प्रतिकृया