Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जनादेशको सम्मान गर्नुस : राष्ट्रपति

सुर्खेत,२८ मंसिर – राष्ट्रपति डा। रामवरण यादवले जनताले दिएको जनादेशको सम्मान गर्न राजनीतिक दललाई आग्रह गरेका छन् । जनताले निर्वाचनमार्फत शान्ति, समृद्धि, राजनीतिक स्थायित्व र सुशासनप्रतिको आफ्नो मत व्यक्त गरेको भन्दै उनले जनताको मतलाई कसैले लत्याउन नहुने बताए । सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि सुरू नेपाल व्यापार तथा पर्यटन मेलो–२०७० को उद्घाटन गर्दै राष्ट्रपति यादवले भने– ‘यो निर्वाचनमार्फत जनताले दुई वटा सन्देश दिएका छन् ।एउटा समयमै संविधान निर्माण गर्नुपर्ने र अर्को मुलुकमा स्थायी शान्ति स्थापना गरी लोकतन्त्रलाई सुदृढ बनाउनु हो ।’ राष्ट्रपति यादवले अहिलेको सबैभन्दा मूख्य काम संविधान निर्माण गर्नु भएकाले उक्त कार्यभार पुरा गर्न संविधानसभा भित्र र बाहिर रहेका सबै राजनीतिक दलहरुको कर्तव्य भएको जिकिर गरे । कर्णाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुटीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बजारिकरण गर्न सकियो भने नेपालबाटै गरिबी उन्मुलनमा सहयोग पुग्नेसमेत यादवको दाबी थियो । त्यसैगरी सुर्खेतको चौकुने सिमेन्ट उद्योग सञ्चालन, काँक्रेबिहार भग्नावशेषको पूननिर्माण, माथिल्लो कर्णाली जलविधुत आयोजना निर्माण, सुर्खेत–कोहलपुर १३२ केभिए विधुत प्रसारण लाईन निर्माण, दाङदेखि सुर्खेत हुँदै डडेलधुरा जोड्ने सडक निर्माण, कर्णाली राजमार्गको स्तरोन्नती लगायतका कार्यहरु तत्काल अघि बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले मध्यपश्चिमको विकासका लागि गर्नुपर्ने कार्यहरुसहितको मागपत्र राष्ट्रपतिलाई बुझाएका थिए । हायोजकले राष्ट्रपछि यादवलाई २१ किलोको माला लगाईदिएर सम्मान समेत गरेका थिए । ।

0 comments

तपाईंको प्रतिकृया