जागरुक सहकारीमा पुनः शर्मा
बुुटवल १० पुस– बुटवल नगरपालिका –८ चन्दनगर स्थित जागरुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ वार्षिक साधारणसभा तथा अधिवेशनले खगेन्द्र प्रसाद शर्माको अध्यक्षतामा ९ सदस्यीय संचालक समिती चयन गरेको छ ।
वुधवार वुटवलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा चन्द्रमणी भण्डारी, सचिवमा देवी प्रसाद भण्डारी, कोषाध्यक्षमा जवाहरलाल न्यौपानेलाई चयन गरेको छ । त्यसै गरी सदस्यहरुमा ठाकुर प्रसाद आचार्य लक्ष्मण प्रसाद वस्याल, हिमलाल भट्टराई , निरज पाण्डे र देवकुमारी पौडेल रहेका छन ।
त्यसै गरी अधिवेशनले कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा तिन सदस्यीय लेखा समिती चयन गरेको व्यवस्थापक विष्णु ओस्तीले जानकारी दिए ।
साधारणसभाको जिल्ला सहकारी संघका अध्यक्ष भिमप्रसाद तुलाचनले उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष खगेन्द्र प्रसाद शर्माको अध्यक्षता उपाध्यक्ष चन्द्रमणी भण्डारीको स्वागत तथा सचिव सञ्जिव चापागाईको संचालनमा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद नेपाल, सयपत्रि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुरामणी भुषाल शेयर सदस्यको तर्फबाट ज्ञानेश्वर भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त सहकारीमा २ सय ७५ जना शेयर सदस्य आवद्ध रहेका छन ।

0 comments
तपाईंको प्रतिकृया