Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सकियो व्यापार मेला

भैरहवा,२ पुस । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीले आयोजन गरेको राष्टिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७० मंगलवार समापन भएको छ । १२ दिन सम्म चलेको मेलामा २ लाख दर्शकले अवलोकन गरको र १२ करोडको कारोवार भएको आयोजकले जनाएका छन । अध्यक्ष मनिष कुमार जोशीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन केन्द्रियका अध्यक्ष कृण्ण आचार्यले महोत्सवले स्वदेशी उद्योगको प्रबद्र्धनमा पनि महत्वपुर्ण भूमिका खेलेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थिले सीमा नाकामा किनमेल गर्न जाने प्रबृर्तिलाई निरुत्साहित गर्न यस्ता कार्यक्रमले सघाउने बताउदै महोत्सवले यस क्षेत्रको व्यापार प्रबद्र्धनमा पनि उल्लेख्य भूमीका खेलेको बताए। समापनको अवसरमा पत्रकारहरु कमल रायमाझी ,नरेश के.सी,श्यामशंकर पाण्डे,टोपराज शर्मालाई सम्मान गरिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया