पार्किङको व्यवस्था मिलाउन ट्क व्यावसायीको माग
बुटवल २९ मंसिर– ट्क व्यवसायीहरुले पार्किङको समस्या समाधान गर्न सरकारसंग माग गरेका छन । मुलुकको प्रमुख शहरहरुमा ट्रक पार्किङको समस्या रहेको वताउदै उनिहरुले निश्चित एरिया तोकेर पार्किङको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका हुन । उनिहरुले सडकको क्षमता भन्दा वढि सवारी साधन भित्रिएको वताउदै ति सवारी साधन व्यवस्थापनमा राज्य उदासीन भएको बताए । पश्चिमाञ्चल यातायात व्यवसायी समितीको सनिवार वुटवलमा भएको चौधौ वार्षिक साधारण सभामा व्यवसायीहरुले ट्क पार्किङको समस्यालाई सरकारले गम्भिर रुपमा लिनु पर्ने बताए । ढुवानीको लागी मुलुकको विभिन्न ठाउमा पुग्नु पर्ने भए पनि शहरी क्षेत्रमा पार्किङ गर्ने ठांउको अभाव रहेको उनले बताए । साधारणसभाको उद्घाटन गदै नेपाल ट्क यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले राज्यले यातायात क्षेत्रमा देखिएको समस्या समाधानको लागी चासो नलिने गरेको बताउदै व्यवसायीका समस्या समाधान गर्न महासंघले पहल गरिरहेको बताए । पश्चिमाञ्चल यातायात व्यवसायी समितीका अध्यक्ष गणेश प्रसाद पन्थले पार्किङ स्थलको अभावमा ट्कहरु संचालन मिलाउन कठिन भएको बताए । उनले निजी क्षेत्रको लगानीमा भैरहवाको पडषरी र नवलपरासीके रामनगर भुमहीमा भाडामा जग्गा लिई पार्किङस्थलको व्यवस्था गरेको वताउदै आगामी दिनमा सोही स्थानवाट ट्क संचालनको व्यवस्था गर्न लागेको जानकारी दिए । कार्यक्रममा एमाओवादीका केन्द्रिय सदस्य भक्ति पाण्डे , एमालेका जिल्ला उपाध्यक्ष शिव सुवेदी, पश्चिम क्षेत्रिय टफिक प्रहरी कार्यालय वुटवलका प्रमुख शुसिल कुमार यादव , पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधीराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष पोख्रेल, लगायतले साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभामा ९ करोड रुपैया वरावरको वार्षिक वजेट प्रस्ुतत गरिएको थियो । दुर्घटना न्यनिकरण कार्यक्रमलाई निरन्तरता दिने , छात्रवृत्ति वितरण कार्यलाई निरन्तरता दिने र आगामी वर्ष देखी वितरण हुने गरी ट्क यातायात पत्रकारिता पुरस्कार स्थापना गरिएको समितीका महासचिव प्रताव वहादुर कार्कीले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया