Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सरकारको लागी कांग्रेसले कसैसंग सम्झौता गर्दैन : खांड

बुटवल १७ मंसिर (सुपरखबर)।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नव निर्वाचित सभाषद बालकृष्ण खांडले कुनै पनि हालतमा गृह र अर्थ मन्त्रालय अन्य दललाई दिन नसकिने बताएका छन ।
जनताले ठूलो पार्टी वनाएको हैषियत कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउदै सरकारको नेतृत्व गर्ने दलले गृह र अर्थ मन्त्रालयसाथमै राख्नुपर्ने बताए ।
 यद्यपी सरकार गठनको प्रकृया अझै शुरु भएको छैन । दलहरुले समानुपातिक तर्फका अन्तिम नामावलीको वन्दसुची निर्वाचन आयोगमा पेश गरेका छैनन । 
सोमवार विहान रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा नेता खांडले भने –संविधान  निर्माणको लागी दलहरुसंग सहमती गर्छ तर सरकार गठनको लागी कांग्रेसले कसैसंग सम्झौता गर्दैन । उनले मन्त्रालय खोज्ने दल सरकारमा नआएर प्रतिपक्षमा वसेर सहयोग गर्नु पर्छ । उनले भने –वहुमत पुराएर सरकार गठन गर्नुस हामी प्रतिपक्षमा बस्न तयार छौ । 
उनले सरकार गठनको लागी अन्य दललाई सहयोग गर्न पनि आग्रह गरे । संवैधानिक तहवाट राष्ट्पतिको विषयमा कुरा उठाउन नमिल्ने वताउदै नेता खाडले राजनितीक एजेण्डा भएकाले सहमती आवश्यक रहेको बताए ।  राष्ट्पति साझा व्यक्ति भएकाले डा रामवरण यादवलाई नै यथावत राख्नु पर्ने उनको भनाई छ । 

0 comments

तपाईंको प्रतिकृया