निर्देशक रेग्मीको निधनले सिने क्षेत्र स्तव्ध
काठमाण्डौ २४ मंसिर। वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधनले सिने क्षेत्र स्तव्ध भएको छ । रेग्मीको सोमवार विान निधन भएको हो । दुवै मिर्गौलाले काम नगरेपछि बल्खुस्थित बयोधा अस्पतालमा उपचार गराइरहेका रेग्मीको भएको हो । जबयोधा अस्पतालमा केही दिन देखि उनको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । चलचित्र आफन्तबाट नेपाली सिने नगरीमा निर्देशकको रुपमा प्रवेश गरेका रेग्मीले बनाएका अधिकांश चलचित्रले सुपरहिटको व्यापार गरेका छन् । नेपाली चलचित्र उद्योगलाई रेग्मीले सुख दुःख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रोलगायतका चलचित्रको निर्देशन गरेका थिए । उनले बनाएको दुई चलचित्र मनले मनलाई छुन्छ र पराई प्रदर्शनका लागि तयार भएका छन् ।
वि।सं २०२१ सालमा चितवनमा जन्मिएका रेग्मीले नाटकबाट आफ्नो कला यात्राको थालनी गरेका थिए । रेग्मीले राष्ट्रिय तथा विभिन्न अवार्डहरु जितेका छन् । बि सं २०४१ सालमा ज्ञानुसँग बिहे गरेका निर्देशक रेग्मीका दुई छोरी भावना र पल्लवी तथा एक छोरा अभिषेक छन् । यस्तै निर्देशक रेग्मीले एक जनालाई धर्म छोरी समेत बनाएर कन्यादान दिएका थिए ।

0 comments
तपाईंको प्रतिकृया