Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादीद्धारा सभासद छान्न मापदण्ड

काठमाडौं १२ पुस। एकीकृत नेकपा माओवादीले समानुपातिक सभासद छनोटको पाँचबुँदे मापदण्ड तयार गरेको छ ।
शुक्रबार सम्पन्न केन्द्रीय कार्यालयको बैठकले बनाएको मापदण्ड अनुसार  प्रत्यक्षतर्फ जितेका जिल्लाबाट नछान्ने, पुरानालाई भन्दा नयाँलाई पालो दिने, त्याग र दुःख गरेकालाई प्राथमिकता दिने, सहीद र बेपत्ता परिवारलाई प्राथमिकता दिने र अन्तिममा योग्य र क्षमता पनि हेरिनेछ । मापदण्डला अनुसार १८ वटा जिल्लाबाट समानुपातिक सभासद नछानिने भएको छ ।
संविधानसभामा ७५ वटै जिल्लाको प्रतिनिधित्व होस् भन्ने उद्देश्यले प्रत्यक्षतर्फ चुनाव जित्ने जिल्लाबाट समानुपातिक सदस्य नछान्ने निर्णय भएको एमाओवादीले जनाएको छ । एमाओवादीले प्रत्यक्षतर्फ १८ जिल्लाबाट २६ सीट जितेको थियो । शुत्रबार बसेको केन्द्रीइ कार्यालय बैठकले ५४ सभासदको नाम छनौट गरी केन्द्रीय कार्यालयमा पेश गर्न पोष्टबहादुर बोगटीको समुहलाई जिम्मा दिएको छ । तयार गरिएको सूचीलाई आइतबार बस्ने उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले अनुमोदन गरेपछि निर्वाचन अयोगमा पठाइने बताईएको छ ।

0 comments

तपाईंको प्रतिकृया