सरकार गठनमा विदेशी चासो
बुटवल १९ मंसिर– नेपालमा नयां सरकार गठनको लागी भईरहेको कसरतप्रति विदेशी चासो बढेको छ । संविधान सभाको निर्वाचन सकिए लगत्तै मुख्य दलहरु सरकार गठनको कसरत गरिरहेका बेला विदेशीहरुको चासो वढेको हो । निर्वाचनवाट मुख्य दल बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गटनको लागी पहल भईरहेको सन्दर्भमा विदेशी राजदुतहरुले कांग्रेसका नेताहरुलाई भेट्न व्यस्त देखिन्छन । उनिहरुले सरकार गठन र संविधान निर्माण प्रकृयालाई छिटो अघि बढाउन सल्लाह दिएका छन्।
यसैविच नेपाली कांग्रेसका सभापति सुशील कोइराला र पाकिस्तानी राजदूत अर्सद सायद खोसाबीच बुधबार बिहान भेटवार्ता भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा राजदूत खोसाले कोइरालाई सहमतिको बाटोबाट सरकार गठन गरि संविधान निर्माण प्रक्रियालाई अघि बढाउन सल्लाह दिएका छन् ।
संविधानसभाको बाटोमा लोकतान्त्रिक शक्तिहरु अगाडि रहेकाले समयमा नै शान्ती र संविधानले पूर्णता पाउने सभापति कोईरालाले बताएको उनको निजि सचिवालयले जनाएको छ ।
त्यसै गरी नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत चाल्र्स कारवाईलबीच भेटवार्ता भएको छ । पौडेलको निवास बोहोराटारमा बुधवार विहान भएको भेटवार्तामा उहाँहरुवीच संविधानसभाको निर्वाचनको सफलता, दलहरुबीच भइरहेको सहमतिको प्रयास, सरकार गठन, संविधान लेखन लगायतका पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो ।
भेटमा कार्यवाहक राजदूत चाल्र्सले संविधान सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै दलहरुबीच सहमतिमै सरकार तथा संविधान निर्माण हुने विश्वास व्यक्त गरेका थिए ।
पौडेलले निर्वाचन परिणामप्रति असन्तुष्ट दलहरुसँग पनि छलफल गरी संविधान भित्र र बाहिर रहेका दलहरुसँग संवाद र सहमति गरेर संविधान निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।



0 comments
तपाईंको प्रतिकृया