Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मेलामा दर्शकको घुइचो

बुटवल ,१३ पुस – बुटवल उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघको संयुक्त आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार तथा कृषि एवं पर्यटन मेलामा दर्शकहरुको सहभागिता बढेको छ ।
मेलाको पाचौ दिन शनिवार हजारौ जनाले मेला अवलोकन गरेको आयोजकले बताएका छन । शनिवार सार्वजनिक बिदा भएकाले बिहानैदेखि साझ सम्म नै मेला स्थल बुटवलमण्डपमा दर्शकहरुको घुइचो लागेको थियो ।
 मेलामा सहभागिहरुले कृषि, हस्तकला, सुचना प्रबिधि लगायतका स्टलहरुको निकै चासो राख्दै अवलोकन गरेका थिए ।मेलाको अवसरमा आयोजना गरीएको हात्ति सफारीमा पनि सयौ सहभागि भएका थिए । यस्तै फोटो प्रर्दशनी, बुटवलको ऐतिहासीक ध्यु खार्ने कराई प्रति पनि दर्शकहरुले चासो राख्दै जानकारी लिएका थिए ।
यसै विच मेलाको अवसरमा आयोजना गरीएको भ्वाईस अफ बुटवलको दोश्रो चरणको प्रतिष्पर्धाबाट १० जना बाहिरीए पछी बाकी रहेका १० जनाबीच मेलामा सहभागि दर्शक र प्रतिभाहरुको कला अनुसार बीज्ञहरुबाट प्राप्त हुने नम्वरका आधारमा उत्कृष्ठ छनौट सुरु भएको छ । त्यस्तै मेलामा आज शनिवार  राष्टिय कलाकारहरु बद्री पंगेनी,चन्द्र शर्मा, कला पंगेनी, सपना गाहा, कमलमान सिंहको लाइभ ब्याण्डको बिशेष प्रस्तुति रहेको थियो ।

0 comments

तपाईंको प्रतिकृया