Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
भ्वाईस अफ बुटवलमा दश प्रतियोगी बाहिरिए

बुटवल १२ पुस– बुटवलमा जारी औद्योगिक व्यापार तथा कृषी मेलामा आयोजना गरीएको भ्वाईस अफ बुटवलको दोश्रो चरणको प्रतिष्पर्धाबाट १० प्रतियोगी बाहिरीएका छन ।
प्रारम्भिक छनौटमा परेका २० जना मध्येबाट भएको प्रतिष्पर्धामा १०जना बाहिरीएपछि बाकी रहेका १० जनाबीच मेलामा सहभागि दर्शक र प्रतिभाहरुको कला अनुसार मुल्याङकनवाट प्राप्त हुने नम्वरका आधारमा उत्कृष्ठ छनौट गरीने छ ।
नयाँ प्रतिभाको चयन गर्ने उद्धेश्यले आयोजना गरीएको प्रतियोगिताको उत्कृष्ट एक जनालाई भ्याईस अफ बुटवलको उपाधि सहित रु. ५० हजार रुपैंया नगद पुरस्कारबाट सम्मानित गरीने आयोजकले जनाएका छन । 
त्यस्तै दोश्रो स्थान प्राप्त गर्नेलाइ रु २० हजार र तृतियलाईरु १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरीने आयोजकले बताएका छन । प्रतियोगिताको प्रारम्भिक चरणमा ८० जना युवा युवती सहभागि भएका थिए । त्यस्तै मेलामा शुक्रबार भएको दोहोरी प्रतियोगितामा राष्टिय लोक दोहोरी गीत प्रतिष्ठान पाल्पा र हिमशिखर दोहोरी साझ काठमाण्डौ अंगाडी आएका छन । राष्टिय लोक दोहोरी गीत प्रतिष्ठान पाल्पा संग कपिलबस्तु प्रतिष्ठान र हिमशिखर दोहोरी साझ काठमाण्डौसंग प्रतिष्ठानको नवलपरासी प्रतिस्पर्धा गरेका थिए ।  मेलामा राष्टिय कलाकारहरु चन्द्र शर्मा, रामजी खाण, जमुना राना ,पप गायक सुगम पोख्रेलको विशेष  प्रस्तुति रहेको थियो  ।

0 comments

तपाईंको प्रतिकृया