Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
युथफोर्स विघटन हुन्छ : वस्नेत

विराटनगर २६ मंसिर – युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले संविधान निर्माण, जातीय सद्भाव एवम् सुशासन कायम गर्न नेकपा एमाले र नेपाली काँग्रेसबीच सहकार्य हुनुपर्ने बताएका छन्।

नेकपा (एमाले) पार्टी कार्यालय विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले यी दुई पार्टीले जनताको मतको आधारमा सर्वप्रथम संविधान निर्माणमा जोड दिनुपर्ने बताए।

उनले नेपालको इतिहासमा हालै सम्पन्न संविधानसभा निर्वाचन सबैभन्दा निष्पक्ष एवम् अत्याधिक मतदान भएको धारणा राख्दै पहिलो संविधानसभाबाट संविधान नबन्नुमा एकीकृत माओवादी र मधेसवादी दल मुख्य जिम्मेवार रहेको बताए।
 अध्यक्ष बस्नेतले राष्ट्रपतिले लोकतन्त्रलाई बचाउन तथा अन्य विभिन्न महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा व्यक्त गर्दै संवैधानिक नियुक्तिमा सबै पार्टीको सहभागिता आवश्यक भएको बताए।
 उनले युवा सङ्घको चाँडै बस्ने केन्द्रीय कमिटीको बैठकबाट युथफोर्स विघटन गर्ने जानकारीसमेत दिए। रासस

0 comments

तपाईंको प्रतिकृया