Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सत्ताईस दलले बुझाए समानुपातिक सभासदको सुची


काठमाडौं, १५ पुस – समानुपातिक सूची बुझाउनको लागि निर्वाचन आयोगले दिएको म्यादको अन्तिम दिन सोमबार राती अवेर सम्म  २७ दलले सुची बुझाएका छन् ।
कांग्रेस, एमाले, एमाओवादीसहितका २७ दलका ३ सय १९ जना सभासदको नामावली प्राप्त भएको निर्वाचन आयोगका प्रवत्ता वीरबहादुर राइले जानकारी दिए ।  संविधानसभामा समानुपातिकतर्फ ३ सय ३५ जना सभासदले प्रतिनिधित्व गर्ने छन् भने प्रत्यक्षतर्फ २ सय ४० जनाले प्रतिनिधित्व गर्ने व्यवस्था छ । २६ जना भने मन्त्री परिषदबाट मनोनित गरिनेछ ।
  
राती अवेर सम्म आयोगले ४ वटा दलले सूची बुझाउन बाँकी रहेको आयोगले जनाएको छ ।  सोमबार राति १० बजेसम्म सूची बुझ्ने जनाएको छ  बुझाउन बाँकी दलहरुमा मधेसी जनअधिकार फोरम नेपाल, नेपाली जनता दल, तराई मधेस सद्भावना पार्टी र संघीय समाजवादी रहेका छन् ।

0 comments

तपाईंको प्रतिकृया